होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, अशोज २, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • ओली र प्रचण्डले छाडेमा नेतृत्व लिन हामी तयार छौँ : मन्त्री पुन
राजनीति

ओली र प्रचण्डले छाडेमा नेतृत्व लिन हामी तयार छौँ : मन्त्री पुन

  • नागरिक रैबार
ओली र प्रचण्डले छाडेमा नेतृत्व लिन हामी तयार छौँ : मन्त्री पुन

काठमाण्डौ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेकपा र सरकारको नेतृत्व लिन पार्टीको युवा पुस्ता तयार रहेको बताउनुभएको छ ।

रोल्पाको लाँकुरीमा बनेका सबस्टेशन उद्घाटन कार्यक्रममा मन्त्री पुनले दुवै अध्यक्षले सहमतिका साथ अब पार्टी र सरकारको नेतृत्व युवा या दोस्रो पुस्तालाई दिन तयार भएमा आफूहरु नेतृत्व लिन तयार र सक्षम रहेको बताउनुभएको हो ।

‘दुवै अध्यक्षले सहमतिका साथ हामीलाई आह्वान गर्नुपर्यो र विधि र पद्धतिमा आधारित रहेर नेतृत्वको अवसर आएमा जिम्मेवारी पूरा गर्न हामी तयार छौँ ‘ मन्त्री पुनले भन्नुभयो । उहाँले नेकपाभित्रको अहिलेको विवादले केही अफ्ठ्यारो स्थिति पैदा भए पनि पार्टीभित्र छलफल र बहस हुँदा यसले पार्टीलाई नै फाइदा हुने मन्त्री पुनको भनाइ छ । बहस हुँदैमा पार्टी फुट्ने या सरकार विघटन हुने चिन्ता लिनु नपर्ने भन्दै मन्त्री पुनले अहिले उठेका बहसलाई निष्कर्षमा पुर्याएर पार्टीलाई थप बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री पुनले रोल्पा नगरपालिका वडा नम्बर ३ मा ३१/११ केभीको सबस्टेशन उद्घाटन गर्नुभएको छ । यो सबस्टेशन सञ्चालनमा आएपछि रोल्पा र प्यूठानका केही स्थानमा बिजुली गइरहने समस्याको समाधान हुनेछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
राजनीति
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ६ दिन अगाडि