चक्र बहादुर अएडी,बाजुरा । त्रिवेणी नगरपालिकाकी उपप्रमुख राधिका सुनारको नेतृत्वमा राहात वितरण । नगरपालिका भित्र रहेका विपन्न , दलित , गरिव , एकल महिला र फरक क्षेमता भएका १५२ घर परिवारलाई राहात वितरण गरिएको नगरपालिकाले जानकारि दिएको छ ।
नगरपालिकाका अनुसार राहात स्वरुप त्रिवेणी नगरपालिका वडा नम्वर १ देखि ९ सम्मका सम्पुर्ण वडाहरुमा अनुगमन गरि राहात स्वरुप लत्ता कपडा, भाँडाकुडा र त्रिपाल वितरण गरिएको छ ।
प्रत्येक परिवार लाई १५ देखि २० हजार बराबरको सामान वितरण गरिएको छ । नगरपालिकाले आज एक कार्यक्रमका विच जम्मा २ लाख ५० हजार बराबरको राहात वितरण गरिएको त्रिवेणी नगरपालिका का आईटि नरेश राज पन्तले जानकारि दिनु भएको छ ।
फेसबुक प्रतिक्रियाहरु