नागरिक रैबार/बाजुरा १४ पुस। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको विरोधमा संघर्ष थालेको नेकपा (प्रचण्ड-माधव) पक्षका नेताले मार्तडीमा प्रर्दशन गरेको छ ।
नेकपा प्रचण्ड-माधव पक्षको आज देशव्यापी विरोध प्रदर्शन भईरहेको छ । बाजुरामा पनि प्रचण्ड-माधव पक्षले सदरमुकाम मार्तडीमा मंगलबार विरोध प्रर्दशन गरेको हो ।
ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भएको भन्दै बाजुरामा पनि प्रर्दशन गरिएको नेकपा बाजुराका कार्यालय सदस्य गगन रावलले बताएका छन् ।
कारागार टेलिकम, दुनिहाट बजार हुँदै निस्केको र्याली गैरीबजार, लोकतान्त्रिक चोक, खेलकुद रोड, भेटनरी, खुलामंच हुँदै जिल्ला समन्वय समितिको प्राङ्गणमा कोण सभामा परिणत भएको छ । विरोध प्रर्दशनमा जिल्ला भरका १ हजार बढी नेता तथा कार्यकर्ता सहभागि भएका छन् ।
सभालाई नेकपा सुदूरपश्चिम प्रदेशका सह-इन्चार्ज नेकपाका केन्द्रिय सदस्य युवा नेता प्रकाश शाह र नेता कणर्बहादुर विक (केशव) ले सम्बोधन गर्ने भएका छन् ।
फेसबुक प्रतिक्रियाहरु