काठमाडौँ- भारतमा कोरोना भाइरसको संक्रमणले १ लाख ३६ हजार नाघेको छ ।पछिल्लो २४ घण्टामा थप ४३८ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ३६ हजार १९० पुगेको हो ।
यस्तै भारतमा कोरोना संक्रमितको संख्या पनि ९३ लाख नाघेको छ ।डेढ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ३९ हजार ४१४ जनामा संक्रमण पुष्टि भएको हो ।संक्रमितको पछिल्लो वृद्धिसँगै भारतमा कोरोना संक्रमितको संख्या ९३ लाख ४९ हजार २८५ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ८७ लाख ५७ हजार ५२४ जना संक्रमणमुक्त भएका छ ।
फेसबुक प्रतिक्रियाहरु