होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन ५, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अमेरिकी सर्वोच्च अदालतको न्यायाधीश नियुक्त ब्यारेटले लिइन् शपथ
समाचार

अमेरिकी सर्वोच्च अदालतको न्यायाधीश नियुक्त ब्यारेटले लिइन् शपथ

  • नागरिक रैबार
अमेरिकी सर्वोच्च अदालतको न्यायाधीश नियुक्त ब्यारेटले लिइन् शपथ

१२ कात्तिक, काठमाडौं । अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त एमी कोने ब्यारेटले शपथग्रहण गरेकी छन् ।

उदारवादी भनेर चर्चित न्यायाधीश रुथ बाडर गिन्सबर्गको निधन भएपछि रिक्त स्थानमा अमेरिकी राष्ट्रपति ट्रम्पले गत सेप्टेम्बर २६ मा ४८ वर्षीय ब्यारेटलाई न्यायाधीश मनोनयन गरेका थिए ।

 

राष्ट्रपति ट्रम्पद्वारा प्रस्तावित ब्यारेटको नाम माथिल्लो सदन सिनेटले सोमबार पारित गरेको थियो । राष्ट्रपतिको मनोनयनलाई सिनेटबाट पारित गर्नुपर्ने व्यवस्था छ ।

ब्यारेट सर्वोच्च अदालतका दक्षिणपन्थी धारको प्रतिनिधित्व गर्ने सर्वोच्च अदालतका पूर्वन्यायाधीश एन्टोनिन स्केलियाको क्लर्क भई काम गरेको अनुभव छ । ब्यारेट यसअघि संयुक्तराज्य मेरिकाको सातौँ सर्किटको पुनरावेदन अदालतमा न्यायाधीश थिइन् ।

विपक्षीको विरोध

सिनेटको न्यायिक समितिमा विपक्षी डेमोक्रेट सदस्यहरुले अहिले न्यायाधीश नियुक्त गर्ने उपयुक्त समय नभएको भन्दै विरोध जनाएपछि उनको नियुक्तिमा विवाद हुँदै आएको छ ।

सिनेटमा अल्पमतका नेता चाल्र्स शुमर र समितिमा रहेका डेमोक्रेट सदस्यहरुले न्यायाधीश नियुक्ति प्रक्रिया शुरुदेखि नै लज्जाजनक रहेको बताउँदै आएका छन् ।

राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा न्यायाधीश नियुक्त गर्ने प्रक्रिया र पद्धति नै गलत रहेको र यस्तो पद्धतिमा सहभागी भएर वैधानिकता दिने कार्य आफूहरुका लागि स्वीकार्य नरहेको उनीहरुको भनाइ छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ८ घन्टा अगाडि

भर्खरै