होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, जेष्ठ २६, २०८२
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • सुदूरपश्चिमका ६०१९ जनाले कोरोना जिते
स्वास्थ्य-जीवनशैली

सुदूरपश्चिमका ६०१९ जनाले कोरोना जिते

  • नागरिक रैबार
सुदूरपश्चिमका ६०१९ जनाले कोरोना जिते

धनगढीः सुदूरपश्चिम प्रदेशमा ६ हजार बढि कोरोना संक्रमित संक्रमण मुक्त भएका छन्। प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार आईतबार एक सय ३६ जना डिस्चार्ज भएसँगै संक्रमण मुक्त हुनेको संख्या ६ हजार नाघेको हो।

आईतबार कैलालीका ८८ जना, बझाङका ३३ जना, कञ्चनपुरका चार र दार्चुलाका तीन जना संक्रमित डिस्चार्ज भएका छन्। उनीहरु मध्ये कैलालीका ८४ जना भने विभिन्न मितीमा डिस्चार्ज भएकोमा आईतबार मात्रै तथ्याङ्क अध्यावधिक गरिएको जनाएको छ।

यो सँगै प्रदेशभर संक्रमण मुक्त हुनेको संख्या ६ हजार १९ पुगेको छ। सबैभन्दा बढि एक हजार आठ सय ३५ जना डिस्चार्ज भएका छन्।

विज्ञापन

यस्तै अछामका नौ सय २४, कञ्चनपुरका सात सय ४१, डोटीका नौ सय ४७, बझाङका चार सय २२, बाजुराका चार सय ५१, बैतडीका तीन सय २९, डडेल्धुराका तीन सय २१ र दार्चुलाका ४९ जनाले कोरोना जितेको दावी गरिएको छ।

प्रदेशभर अहिले सम्म सात हजार तीन सय बढिमा कोरोना संक्रमण पुष्टि भईसकेको स्वास्थ्य तथा जनसंख्या निर्देशनालयले जनाएको छ।

तर प्रदेशको स्वास्थ्य निर्देशनालयको तथ्याङ्कमा भने सात हजार ५१ जना मात्रै संक्रमित रहेको उल्लेख छ। सुदूरपश्चिमका २० जनाको कोरोना संक्रमणकै कारणबाट मृत्यु भईसकेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार