होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, साउन १०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेपालमा भेटिएको कोरोना भाइरसको प्रजाति भारतको सँग मिल्दो
समाचार

नेपालमा भेटिएको कोरोना भाइरसको प्रजाति भारतको सँग मिल्दो

  • नागरिक रैबार
नेपालमा भेटिएको कोरोना भाइरसको प्रजाति भारतको सँग मिल्दो

१२ मंसिर, काठमाडौं । नेपालमा भेटिएको कोरोना भाइरसको प्रकृति भारत र साउदी अरबमा फैलिएको भाइरससँग मिल्दोजुल्दो रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले (एनएचआरसी) जनाएको छ ।

सेन्टर फर मलिकुलर डायनामिक्स (सीएमडीएन) नेपालसंग सहकार्य गरेर एनएचआरसीले गत अगस्टमा जिन सिक्वेन्सिङ अध्ययन सुरु गरेको थियो । सीएमडीएनका निर्देशक तथा अनुसन्धानकर्ता डाक्टर समिरमणि दीक्षितका अनुसार १५ वटा नमुना संकलन गरेर आनुवंशिक अध्ययन थालिएको थियो । नमुना सङ्कलन गर्दा फरक ठाउँ, उमेर र लिङ्ग अनि स्थलमार्ग र जहाजमार्फत् नेपाल भित्रिएका मानिसलाई संलग्न गराइएको थियो। जीवित सङ्क्रमितबाट मात्र नभई कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिबाट पनि नमुना लिइएको थियो।

 

यो आनुवंशिक अध्ययनले भारत तथा साउदी अरबमा प्रयोग गर्न सकिने भ्याक्सिन नेपालमा पनि प्रयोग गर्न सकिने संकेत दिएको परिषद्‌का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले बताए । उनका अनुसार चीनको वुहानबाट नेपाल फर्किएका व्यक्तिमा देखिएकोभन्दा सार्स कोभ-२ भाइरसको प्रकृति भन्दा नेपालमा देखिएको भाइरस फरक छ । उनका अनुसार दोस्रो चरणको आनुवंशिक अध्ययनको पनि तयारी भइरहेको छ ।

सीएमडीएनका निर्देशक डा. दीक्षितका अनुसार नेपालमा आउने अधिकांश संक्रमित भारत र खाडी मुलुकका भएकाले यो अनुसन्धान निष्कर्ष स्वाभाविक हो । सीएमडीएनको ल्याबमा सिक्वेन्सिङ पश्चात प्रमाणीकरणको लागि विश्व स्वास्थ्य संगठनको हङकङ ल्याबमा पठाइएको थियो । ‘यो अध्ययनले कुन भ्याक्सिन प्रयोग गर्ने र कुन नगर्ने भन्ने कुरामा निर्णय लिन सहयोग गर्छ,’ उनले भने, ‘जुन देशको भाइरससंग प्रजाति मिल्छ, त्यही देशमा उत्पादन भएको वा त्यहाँ ट्रायल गरिएको भ्याक्सिन प्रयोग गर्नु उचित हुन्छ ।’

यो प्रारम्भिक अध्यन हो । अब ५० वटा नमुना लिएर पुन: अर्को अध्ययन गर्ने तयारी भइरहेको छ । उक्त अध्ययनपछि विस्तृत रिपोर्ट आउने बताउँदै दीक्षित भन्छन्, ‘आनुवाशिंक अध्ययन गरेपछि कस्तो खोप प्रयोग गर्ने भन्ने निर्णय लिन सहयोग पुग्नेछ ।’

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ५ दिन अगाडि

भर्खरै