होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन ३२, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सम्झना कामीको बलात्कारपछि हत्या कसले गर्‍यो भन्ने प्रमाण पाइसकेका छौः प्रहरी
समाचार

सम्झना कामीको बलात्कारपछि हत्या कसले गर्‍यो भन्ने प्रमाण पाइसकेका छौः प्रहरी

  • नागरिक रैबार
सम्झना कामीको बलात्कारपछि हत्या कसले गर्‍यो भन्ने प्रमाण पाइसकेका छौः प्रहरी

बझाङको मष्टा गाउँपालिका–२ की १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। जिल्ला अस्पताल बझाङमा गरिएको पोष्टमार्टमबाट बालिकाको बलात्कारपछि हत्या गरिएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले बताए।

जिल्ला अस्पताललले शनिबार साझ प्रहरीलाई बुझाएको पोष्टमार्टम रिपोर्टमा सम्झनाको बलात्कारपछि हत्या भएको उल्लेख छ।यस्तै डिएसी खड्काले घटनामा संलग्नताको आशंकामा पक्राउ परेका सोही ठाउँका १८ वर्षीय राजेन्द्र बोहराविरुद्ध तथ्य फेला पारिसकेको बताएका छन्। ‘बोहराविरुद्ध थुप्रै ठोस प्रमाण फेला परिसकेको छ, हत्या उनले नै गरेको भन्ने आधिकारिक बयान मात्रै बाँकी छ।’

बुधबार १२ वर्षीया बालिका सम्झना कामी मृत फेला परेकी थिइन। बुधबार बेलुका साढे ४ बजे खिकालाबाट पशुचौपया बाँध्न सिमछानामा गएकी बालीका अबेरसम्म घर नआएपछि उनको खोजी गर्दै जाँदा गाउँभन्दा झण्डै २ किलोमिटर टाढा पर्ने सिम मन्दिरमा उनको शव फेला परेको थियो। मृतक बालिकाको शरीरभरी निलडाम थियो भने उनी नग्न अवस्थामा शव फेला परेक थिइन।बालिकाका बुबाआमा रोजगारीका लागि भारतमा छन्। उनी हजुरबुवा र हजुरआमासँग बस्दै आएकी थिइन।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार