होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, अशोज २, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • ओली-दाहालको मनपरी स्विकार्य छैन :माधव नेपाल
राजनीति

ओली-दाहालको मनपरी स्विकार्य छैन :माधव नेपाल

  • नागरिक रैबार
ओली-दाहालको मनपरी स्विकार्य छैन :माधव नेपाल

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यदलले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको छ ।

महासचिव विष्णु पौडेलको नेतृत्वमा गठन भएको कार्यदलले पार्टीभित्रका आन्तरिक विवाद समाधान गर्नको लागि महत्वपूर्ण सुझाव समेटेर अध्यक्षद्धयलाई गत शनिबार प्रतिवेदन बुझाईसकेको छ ।

विज्ञापन

प्रतिवेदनले अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई थप शक्तिशाली बनाएको र एक व्यक्ति, एक पदको मागको बारेमा केही नबोलेको भन्दै वरिष्ठ नेता माधव कुमार नेपाल रुष्ट छन् । उनले आफूनिकट नेताहरुसँग प्रतिवेदन स्विकार्य नहुने भन्दै सचिवालयमा खरो रुपमा प्रस्तुत हुनेबारे जानकारी गराईसकेका छन् ।

कार्यदलमा नेता नेपालको कोटाबाट सहभागी सदस्यहरु डा. भीम बहादुर रावल र सुरेन्द्र पाण्डेको भूमिकालाई लिएरपनि नेता नेपाल असन्तुष्ट छन् । उनीहरुले मन्त्री बन्ने लोभमा विधि र प्रक्रियाको कुरा जोडदारसँग उठाउन नसकेको उनको गुनासो छ । हुन पनि पछिल्लो समय कार्यदलमा रहेका अधिकांश सदस्यहरु मन्त्रिमण्डल पूनर्गठन हुँदा मन्त्री बन्ने चर्चा चलिरहेको छ ।

नेता नेपालले एक व्यक्ति, एक मुख्य पदको एजेण्डा लागु गर्नुपर्ने, र विधि र पद्धतीअनुसार पार्टीलाई चलाउने कुरामा कुनै सम्झौता नहुने भन्दै आगामी सचिवालय बैठकमा कडा रुपमा प्रस्तुत हुने रणनीति बनाएका छन् ।

उनले आफूले सुरुदेखि नै पार्टी एकतालाई बलियो र सुदृढ बनाउनको लागि पहलकदमी लिएको, र विधि र विधानअनुसार पार्टी सञ्चालन हुनुपर्नेमा जोड दिएको पनि नेता नेपालले आफूनिकटहरुसँग बताउन थालेका छन् । उनले पार्टीमा अध्यक्षद्धय ओली र दाहालमात्रै मिलेर एकलौटी वा मनपरी गर्न खोजे ठीक नहुने पनि चेतावनी दिएका छन् ।

अध्यक्षद्धय ओली र दाहालबीच आज भेटवार्ता भएको थियो । विहान प्रधानमन्त्रीको निवास बालुवाटारमा भएको छलफलमा सचिवालय बैठक शनिबार बोलाउने सहमति भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ५ दिन अगाडि