होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन २३, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाज
  • प्रदेश समितिद्वारा सातवटै जिल्लाका पत्रकारलाई स्वास्थ्य सामाग्री प्रदान
समाज

प्रदेश समितिद्वारा सातवटै जिल्लाका पत्रकारलाई स्वास्थ्य सामाग्री प्रदान

  • नागरिक रैबार
प्रदेश समितिद्वारा सातवटै जिल्लाका पत्रकारलाई स्वास्थ्य सामाग्री प्रदान

टोप प्रकाश वि.क./टीकापुर, जेठ १४। नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले सात पहाडी जिल्लाका सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामाग्री वितरण गर्नुका साथै पछिल्लो अवस्थाका बारेमा जानकारी लिएको छ । प्रदेश अध्यक्ष अर्जुन शाहको नेतृत्वमा सातवटै जिल्लामा पुगेको टोलीले सञ्चारकर्मीहरुसँग अन्तरक्रिया समेत गरेको छ ।

अन्र्तक्रियाका क्रममा सञ्चारकर्मीहरुले कोरोनाको महामारी रोक्नका लागि भैरहेको लकडाउनका कारण पत्रकारिता निकै समस्या रहेको बताए । उनीहरुले प्राय सबै पत्रपत्रिकाहरु बन्द रहेको र रेडियो समस्याका बाबजुद सञ्चालन भैरहेको सुनाए ।

सञ्चारकर्मीहरुले रेडियोको लाइसेन्स नविकरण, विद्युत महशुस, टेलिफोन महशुल मिनाहाका लागि पहल गरिदिन आग्रह गरेका छन ।

विज्ञापन

सञ्चारकर्मीका गुनासा सम्बोधन गर्दैै प्रदेश अध्यक्ष शाहले आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले सञ्चारकर्मीको स्वास्थ्य बीमा एक साता भित्रै गरिने जानकारी दिए । ‘सबै सञ्चारकर्मीको एक साताभित्रै स्वास्थ्य बीमा हुन्छ’ उनले भने–‘यसका लागि सामान्य प्रावधान राखिने छन ।’

उनले सबै जिल्लाका रेडियो र पत्रपत्रिकालाई सुदूरपश्चिम प्रदेश सरकारले उपलब्ध गराएको राहत प्याकेज जिल्ला शाखाहरु मार्फत वितरण गर्ने तयारी भैरहेको जानकारी दिए । उनले राहत प्याकेज वितरणका लागि जिल्लामा अवस्थित रेडियो र पत्रपत्रिकाको विवरण संकलनको काम भैरहेको बताए ।

सोही टोलीमा रहेका प्रदेश समितिका महासचिव योगेश रावलले समाचार संकलन लगायतका क्रममा सञ्चारकर्मीले आफ्नो स्वास्थ्य अवस्थालाई ध्यानमा राख्नुपर्ने बताए । उनले आफू सुरक्षित भएर मात्रै समाचार संकलनका काममा खटिन सञ्चारकर्मीहरुलाई आग्रह गरे ।

उनले सञ्चारकर्मीको सानो लापरवाहीले समग्र पत्रकारीता क्षेत्रले नै क्षति पुर्याउने खालका कुनै काम गर्न नहुने बताए । ‘हामी समाजका लागि उदाहरणिय पात्र हौ । जसले गर्दा हामीबाट कुनै गलत काम हुनु हुँदैन’ उनले भने–‘हामी माथि समाजको ठूलो भरोसा रहेको हुन्छ ।’

अध्यक्ष शाहले सबै जिल्ला शाखा मार्फत स्वास्थ्य सामाग्री वितरण गरेका छन । प्रदेश समितिले पत्रकारहरुलाई एन ९५ मास्क, सर्जिकल मास्क, सेनिटाइजर र ग्लोब लगायतका स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।
प्रदेश समितिलाई सबै जिल्ला शाखाहरुले संक्रमणकालिन अवस्थामा स्वास्थ्य सामाग्री प्रदान गर्नुका साथै जिल्लाको अवस्थाका बारेमा जानकारी लिएकोमा धन्यवाद व्यक्त गरेका छन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ३ हप्ता अगाडि