नागरिक रैबार/ बाजुरा १४ चैत्र। कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि बडीमालिका नगरपालिका वडा नं. ९ ले वडावासीलाई माक्स र सावुन वितरण गरेको छ ।
बडीमालिका नगरपालिका ९ को आफ्नै लगानिमा वडा भित्रका करिव ५ सय बढी घरधुरीका लागि १ हजार ५० वटा सावुन र ८ सय ५० वटा माक्स वितरण गरेको वडा अध्यक्ष विनोद कुमार विकले बताए ।
कोरोना भाईरसको सम्भावित संक्रमणको अवस्थालाई मध्येनजर गरेर वडा भित्र रहेका प्रत्येक घरधुरीका परिवारहरुका लागि सावुन र माक्स वितरण सहित कोरोना भाइरसबारे जनचेतना जानकारी गरिएको बडीमालिका नगरपालिका ९ ले जनाएको छ ।
वडामा वितरण गरिएका माक्सहरु वडामै उत्पादन गरिएको वडाले जनाएको छ । वडाले उपलव्ध गराएको माक्स र सावुनले कोरोना भाईरसको संक्रमण हुनबाट जोगिन सक्ने वडाले विश्वास लएको छ ।
फेसबुक प्रतिक्रियाहरु