होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • परम्परागत पेशाको प्रर्वद्धन गर्न औजार र सामाग्री सहयोग
देश/प्रदेश

परम्परागत पेशाको प्रर्वद्धन गर्न औजार र सामाग्री सहयोग

  • नागरिक रैबार
परम्परागत पेशाको प्रर्वद्धन गर्न औजार र सामाग्री सहयोग

नागरिक रैबार/बाजुरा १५ फागुन।सहयोगी हातहरुको समूह (सहास) नेपाल बाजुराले अतिविपन्न परिवारलाई लक्षित गरि परम्परागत पेशाको प्रर्वद्धन गर्न आयमुलक औजार सामाग्रीहरु वितरण गरेको छ ।विहिबार सदरमुकाम मार्तडीमा एक कार्यक्रमको आयोजना गरेर सहास नेपाल लिफ्ट परियोजना अन्तरगतका सेवाग्राहीहरुलाई उक्त सामाग्री सहयोग गरेको हो ।

सहास नेपाल लिफ्ट परियोजनाको ७५ प्रतिशत सहयोग र लाभग्राहीको २५ प्रतिशत सहयोगमा अतिविपन्न परिवारका ३ जनालाई सिकर्मी मेसिन, ३ जनालाई जत्ता सिलाई मेसिन, ५ जनालाई सिलाइ कटाई मेसिन र उक्त परियोजना छात्रवृति सहयोग कार्यक्रम अन्तरगत ५ जना अतिविपन्न परिवारका बालवालिकालाई शैक्षिक सामाग्री सहयोग गरिएको परियोजना अधिकृत देसिन्द्र राईले बताएका छन् ।

विज्ञापन

विषेश गरि परम्परागत पेशाको प्रर्वद्धन गर्न र उनीहरुको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले परम्परागत पेशाका औजारहरु लिफ्ट परियोजनाले सहयोग गरेको परियोजना अधिकृत राईले बताए ।

परम्परागत पेशालाई प्रर्वद्धन गर्नका लागि औजार र विद्यार्थीको पढाईमा सहयोग पुग्ने लक्ष्यका साथ शैक्षिक सामाग्री वितरण कार्यक्रममा प्रमुख अतिथि बडीमालिका नगरपालिकाकी उपप्रमुख कविता विष्ट रहेकी थिईन् । कार्यक्रमको संचालन परियोजनाका लेखा अधिकृत नैनकुमार परियारले गरेका थिए ।

कार्यक्रममा बाल्दै बडिमालिका नगरपालिकाका नगर उपप्रमुख कविता विष्टले सहास नेपालले गरेको काम जस्तै अन्य संघ संस्थाले पनि गर्नु बडीमालिका नगरपालिकामा गर्न आवश्यक रहेको बताईन् ।

सहास नेपाल विगत १० वर्ष देखि बाजुरा जिल्लाका विभिन्न क्षेत्रमा काम गर्दै आईरहेको छ । पछिल्लो समयमा सहास नेपालको लिफ्ट परियोजना बडीमालिका नगरपालिका, खप्तड छेडेदह र गौमुल गाउँपालिकामा आफ्नो कार्यक्षेत्र बनाएर काम गरिरहेको छ ।सहास नेपालकै सहयोगमा विहिबार १ महिने सिलाई कटाई तालिमको पनि उद्धघाट्न गरिएको छ ।

तालिमको एक कार्यक्रमका विच बडीमालिका नगरपालिकाकी उपप्रमुख कविता विष्टले तालिममा सहभागी हुने महिलाहरुलाई सिलाई कटाई मेसिन हस्तान्तरण गरेर उद्धघाट्न गर्नु भएको थियो । एक महिने सिलाई कटाई तालिमको सम्पूर्ण खर्च सहास नेपालले बहोर्ने भएको छ ।

 

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार