होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, भदौ ३१, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • झलनाथले भने– पार्टीको निर्णय नमान्ने भए ओलीले पार्टी छाडेहुन्छ
राजनीति

झलनाथले भने– पार्टीको निर्णय नमान्ने भए ओलीले पार्टी छाडेहुन्छ

  • नागरिक रैबार
झलनाथले भने– पार्टीको निर्णय नमान्ने भए ओलीले पार्टी छाडेहुन्छ

काठमाडौँ । नेकपा वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको निर्णय मान्नैपर्ने बताएका छन् ।एक पत्रिकासँगको अन्तर्वार्तामा उनले पार्टीको निर्णय सबै नेता कार्यकर्ताले मान्नुपर्ने भन्दै पार्टी निर्णयको खिलापमा जाने छुट कसैलाई पनि नभएको बताएका हुन् ।

उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय नेकपाको सचिवालयबाट सर्वसम्मत अनुमोदन भएको खनालको भनाइ छ । यो निर्णयमा प्रधानमन्त्रीको समर्थन रहेको तर पछि एकाएक निर्णय नमान्ने कुराले चकित बनाएको उनको भनाइ छ ।

निर्णय भएको केही घण्टापछि ओलीले बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य नबनाउने र युवराज खतिवडालाई नै निरन्तरता दिने अडान लिएको समाचार बाहिर आएका छन् ।

विज्ञापन

यसबारे खनालले भनेका छन्–पार्टीले गरेको निर्णय कार्यान्वयन गर्नुबाहेक उहाँसँग विकल्प छैन । कि त प्रधानमन्त्री नै नेकपाबाहिर जानुपर्‍यो । नेकपाको अध्यक्ष हुने, अनि पार्टीको निर्णय नमान्ने हुन्छ त ?

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ४ दिन अगाडि