होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, मंसिर ८, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ९ हजार बढी रुख काट्न सरकारले दियो अनुमती
समाचार

९ हजार बढी रुख काट्न सरकारले दियो अनुमती

  • नागरिक रैबार
९ हजार बढी रुख काट्न सरकारले दियो अनुमती

नागरिक रैबार
धनगढी ११ मंसिर ।
नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले सेती लोकमार्ग अन्तरगत दक्षिणी खण्डमा निर्माण हुने सडक क्षेत्रमा पर्ने ९ हजार ६ सय ८६ रुख काट्नका लागि सरकारले अनुमति दिएको छ ।
मन्त्रालयले बुधबार डिभिजन वन कार्यालय कैलालीलाई परिपत्र गर्दै वन विभाग र सडक विभागबीच सो विषयमा भएको सम्झौता पत्र समेत डिभिजन वन कार्यालयलाई पठाएको छ ।
वन मन्त्रालयको उक्त आदेशपछि अब सेती लोकमार्गको दक्षिणी क्षेत्रमा निर्माण हुने सडकखण्डको अवरोध हट्ने भएको छ । रुख कटान अनुमति नपाएकै कारण प्रभावित भएको कामले गति लिने अपेक्षा गरिएको छ ।
कैलालीको बर्दगोरिया र मोहन्याल गाउँपालिकामा पर्ने राष्ट्रिय वन क्षेत्र सेती लोकमार्गको सडक संरचना निर्माणका लागि प्रयोग गर्न दिने निर्णय गर्दै संघीय मन्त्रीपरिषद्को बैठकले रुख कटानका लागि समेत अनुमति दिएको हो ।
गत कार्तिक २० गते बसेको मन्त्रीपरिषद्को बैठकले सडक निर्माण गर्न वन क्षेत्र प्रयोग गर्न दिने र त्यहाँ रहेका रुख हटाउन अनुमतिका लागि स्वीकृति प्रदान गरेको थियो ।
यसअघि रुख कटानी आदेश नपाएकै कारण सेती लोकमार्ग निर्माणका लागि विनियोजन हुने बजेट वर्षेनी फ्रिज जाने समस्या थियो ।
प्रतिनिधिसभा सदस्य झपटबहादुर रावलले मन्त्रीपरिषद्ले रुख कटानीका लागि आदेश दिएसँगै सेती लोकमार्ग निर्माण हुने निश्चित भएको बताएका छन् ।
उनले निरन्तरको प्रयास र लामो संघर्षपछि रुख कटानीको आदेश पाएको बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै