नागरिक रैबार/बाजुरा १३ चैत्र। नेपाल सरकारले गत मंगलबारबाट देशभरका जिल्लाहरु लकडाउन गर्ने निर्णय गरेपछि लकडाउनको तेस्रोदिन आज बाजुरा जिल्ला झनै सुनसान बन्दै गएको छ ।
विश्वभर महामारीका रुपमा फैलिएको ‘कोरोना भाईरसको संक्रमण र रोकथामका लागि बाजुरा जिल्लामा पनि लकडाउन जारी रहेको छ ।
लकडाउनको तेस्रो दिन सदरमुकाम मार्तडी बजार आसपासका क्षेत्रहरुमा प्रहरीले बाक्लो उपस्थिति जनाएर कडाई गरेपछि यहाँका स्थानीयहरु घरभित्रै बसेका छन् ।
बाजुरा जिल्ला सुरक्षा समितिको बैठकले सरकारले गरेको निर्णयलाई कार्यान्वयन गर्न गत मंगलबार विहानैबाट बाजुरा जिल्लाका सवै बजारहरु बन्द गराएको थियो ।
स्थानीयलाई अत्यावश्यक काम बाहेक जथाभावी आवत जावत नगर्न प्रशासनले आग्रह समेत गरिसेको छ ।
यदी कोही कसैले लडकडाउनको उल्लघंन गरेको पाएमा सरकारले निर्णय गरे अनुसारको कारवाही गर्ने बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले बताएका छन् ।
फेसबुक प्रतिक्रियाहरु