होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • रोल्पामा सुनखानी रहेको पुष्टि , छिट्टै उत्खनन गरिने…
समाचार

रोल्पामा सुनखानी रहेको पुष्टि , छिट्टै उत्खनन गरिने…

  • नागरिक रैबार
रोल्पामा सुनखानी रहेको पुष्टि , छिट्टै उत्खनन गरिने…

फागुन १४ राेल्पा ।  ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ ले विगतमा जनयुद्धको केन्द्रका रुपमा रहेको रोल्पालाई अब विकासको केन्द्र बनाउने कामको थालनी भएको जनाका छन् । रोल्पा सदरमुकाम लिवाङमा बुधबार लगानी सम्मेलनको उदघाटन गर्दै मन्त्री पुनले जनयुद्धको केन्द्र र परिवर्तनको प्रतीकका रुपमा रहेको रोल्पा अब विकास, समृद्धि तथा लगानीमैत्री जिल्ला हुने घोषणा गरे ।

रोल्पा लगानीका लागि उर्बर क्षेत्र रहेको उनको भनाइ थियो । विभिन्न अध्यननले रोल्पामा सुनखानी रहेको पुष्टि भइसकेकाले अब त्यसको उत्खनन् गरेर जिल्ला र मुलुककै समृद्धिका लागि लगानी गर्न सकिने उल्लेख गरे ।

‘हामीसँग सुन छ तर नुन बाहिरबाट ल्याइरहेका छौं । सुनलाई उत्खनन् गरेर आम्दानीको दर वृद्धि गर्न सक्छौं । अब त्यसतर्फ ध्यान दिनुपर्दछ ।’रोल्पा जलविद्युत, कृषि, पशुपालन, खानी तथा खनिज र पर्यटन क्षेत्रका लागि राम्रो स’म्भावना भएको जिल्ला भएकाले ती क्षेत्रमा लगानी गर्न उद्योगी व्यवसायीलाई मन्त्री पुनले अपिल गरे । नेपाल जलविद्युतमा आत्मनिर्भर मात्र नभएर अब निर्यात गरी आर्थिक आम्दानी गर्ने अवस्थामा पुगिसकेको उनको भनाइ थियो ।सरकारले लिएको समृद्ध नेपाल, सुखी नेपालीको सपना सकाकार पार्न लगानी क्षेत्रको पहिचान गरी सरकारको नीति तथा योजनालाई सफल बनाउनुपर्ने जनाए ।

विज्ञापन

नेपालका हरेक नागरिकलाई सबल बनाउन संघ, प्रदेश र स्थानीय सरकार तथा निजी क्षेत्रका लगानीकर्ताबीच सहकार्यमा उनको जोड थियो । रोल्पा नगरपालिकाको आ’योजना तथा जिल्ला समन्वय समिति रोल्पा र उद्योग वाणिज्य संघको समन्वयमा सुरु लगानी सम्मेलन दुई दिनसम्म चल्ने छ ।

सिधाकुराबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार