होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, भदौ ३१, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • नेकपाभित्र भिडन्तको संकेत, वामदेवको नाम उल्ट्याएर युवराजको नाम सिफारिस !
राजनीति

नेकपाभित्र भिडन्तको संकेत, वामदेवको नाम उल्ट्याएर युवराजको नाम सिफारिस !

  • नागरिक रैबार
नेकपाभित्र भिडन्तको संकेत, वामदेवको नाम उल्ट्याएर युवराजको नाम सिफारिस !

नेकपा सचिवालयका केही सदस्यलाई फोन गरेर ओलीले गौतमको नाममा सहमति जनाउन नसकिने बताएका हुन् ।मैले युवराज खतिवडालाई नै निरन्तता दिने हो, अब वार कि पार शुरू हुन्छ,’ ओलीले नेकपाकै एक सदस्यलाई फोन गरेर भनेको सचिवालयकै एक सदस्यले लोकान्तरलाई जानकारी दिए ।

यसअघि प्रधानमन्त्री ओली समेत सहभागी नेकपा सचिवालयको बैठकले वामदेवलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको थियो ।सचिवालय बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले वामदेवलाई राष्ट्रिय सभामा मनोनित गर्न सरकारलाई अनुरोध गर्ने निर्णय भएको बताएका थिए ।

‘पार्टीका केन्द्रीय उपाध्यक्ष कमरेड वामदेव गौतमलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने सदस्यमा सिफारिसका लागि सरकारलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ,’ प्रवक्ता श्रेष्ठले भनेका थिए ।

विज्ञापन

उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय बैठकले सर्वसम्मतरूपमा गरेको पार्टी महासचिव विष्णु पौडेलले पनि लोकान्तरसँग बताए ‘आजको बैठकले संविधान संशोधनका लागि बनेको कार्यदल विघटन गर्ने र राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित हुने एक सिटमा वामदेव गौतमको नाम सिफारिस गर्न सरकारलाई अनुरोध गर्ने निर्णय सर्वसम्मत गरेको हो,’ महासचिव पौडेलले भने । पार्टीको निर्णय प्रधानमन्त्री ओलीले नमानेपछि सत्तारुढ दल नेकपामा ठूलै भिडन्तको संकेत देखिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ३ दिन अगाडि