होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, भदौ ३१, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • लैङ्गिक हिंसा विरुद्ध लड्न जुट भएर लागौँ –उपप्रमुख विष्ट
Breaking News

लैङ्गिक हिंसा विरुद्ध लड्न जुट भएर लागौँ –उपप्रमुख विष्ट

  • नागरिक रैबार
लैङ्गिक हिंसा विरुद्ध लड्न जुट भएर लागौँ –उपप्रमुख विष्ट

सरिता नेपाली
बाजुरा १० मंसिर ।
बडीमालिका नगरपालिकाकी उप–प्रमुख कविता विष्टले लैङ्गिक हिंसा विरुद्ध लड्न सब एक जुट भएर लाग्न् पर्ने बताएकी छन् । विगतका वर्षर्झैँ यसवर्षपनि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान बाजुरामा संचालन गरिएको उक्त कार्यक्रममा सो कुरा बताएकी हुन् ।
“लैङ्गिक हिंसा अन्त्यको प्रतिवद्वता, व्यक्ति समाज र सबैको ऐक्यबत्द्वता”भन्ने मुल नाराका साथ लैङ्गिक हिंसा बिरूद्वको १६ दिने अभियान सुरु भएको छ । आजबाट सुरू भएकोले सम्पूर्ण सरोकारवाला निकाय तथा सम्बद्धसबैमा आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिएकी छन् ।
हरेक वर्ष नोभेमबर २५ देखि डिसेम्बर १० सम्म संचालन हुँदै आएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान बडीमालिका नगरपालिका महिला शाखाको आयोजनामा र विभिन्न गैर सरकारी संघसंस्थाहरुको समन्वयमा सुरु गरिएको हो ।


बडीमालिका नगरपालिका महिला विकास शाखा प्रमुख केशरी रोकायाका अनुसार आजबाट १६ दिनसम्म लैङ्गिक हिंसासँग सम्बन्धित विभिन्न सचेतना मुलक गतिबिधी गरेर मनाउने भनिएको छ ।
जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधि र सरोकारवाला व्यक्तीको सहभागितामा हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिन बजार परिक्रमा सहित कोणसभा परिणत भई टुङ्गिएको थियो ।
बडीमालिका नगरपालिका महिला शाखाकी कर्मचारी विन्दु बडालले संचालन गरेको कार्यक्रममा जिल्ला समन्वय समिति बाजुराका संयोजक नरेन्द्र रोकाया, प्रहरी प्रमुख मदनजित महरा लगाएत सरकारी तथा गैर सरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।
सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको थियो । उक्त हत्यालाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिने गरिन्छ । एकै परिवारका तीन जना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको रूपमा लिएर उनीहरूको सम्मान र सम्झनाका लागि १६ दिने अभियान मनाउन थालिएको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार