होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, मंसिर ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • सिलाई कटाई व्यवसायमा महिलाको सक्रियता बढ्दै
समाज

सिलाई कटाई व्यवसायमा महिलाको सक्रियता बढ्दै

  • नागरिक रैबार
सिलाई कटाई व्यवसायमा महिलाको सक्रियता बढ्दै

रामबहादुर विक/ बाजुरा ८ असोज। बाजुराका महिलाहरु पछिल्लो समयमा सिलाईकटाई व्यवसायमा सक्रिय भएर लागेका देखिन्छन् ।
चुलो, चौकोमा मात्रै सिमित हुनुभन्दा आयआर्जन मुलक सीप गरेर महिलापनि आफै आत्मनिर्भर बन्न सक्छन् भन्ने उद्देश्यले यहाँका कतिपय महिलाहरु पछिल्लो समयमा यो पेशालाई व्यवसाय नै बनाएर लागेका देखिन्छन् ।

दर्गम तथा पिछडीएको जिल्ला भनेर चिनिने बाजुराका हरेक ग्रामिण स्तरमा अहिले सिलाई कटाई व्यवसायलाई नै रोजेर महिलाहरु व्यवसायीक रुपमा यो पेशामा लागेका भेटिन्छन् ।

बडीमालिका नगरपालिका ९ कि २६ वर्षिया धर्मा विकले एक वर्ष अगाडि युनेस्को, युएनफपिए, युएन बुमन र मनकामना टे्रनिङ एण्ड स्किल डेप्लपमेन्ट इन्ष्टिच्युटले सदरमुकाम मार्तडीमा संचालन गरेको १ महिने सिलाई कटाई तालिममा सहभागि भईन् । उनी जस्तै सोही तालिममा सहभागी भएकी बडीमालिका नगरपालिका ९ कै कमला विक र मीना विक सहित तीनै जना मिलेर गाउँमै रहेको हाम्रो एकता साना किशान सहकारी संस्थाको सहकारी पसलमा सिलाई कटाई व्यवसाय संचालन गरेर बसीरहेकी छन् ।

विज्ञापन

एक महिने तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न धर्मा, कमला र मीना विक अहिले सिलाई कटाई व्यवसायलाई नै मुख्य पेशा बनाई लागिरहेकी छन् । तालिममा सिकेको सिपलाई सदुपयोग गर्न पसल नै संचालन गरेर लागेपछि उनीहरुले आफ्नो घर खर्च चलाउन सफल भएकी छिन् ।

अहिले बाजुराको परिवेशमा हर्ने हो भने ३० प्रतिशत भन्दा बढि महिलाहरु सिलाई कटाई व्यवसायमुखी बन्न थालेको देख्न पाईन्छ । बाजुराकी महिलाहरु सिलाईकटाई व्यवसायीमा मात्र नभएर अरु व्यवसायमा पनी त्यतिकै क्रियाशिल छन् । चुलो चौको र वन , पाखा तिर जिवन वेतित गरिरहेकी बाजराकी महिलाहरु अहिले शहर, बजारतिर व्यवसाय संचालन गरी आर्थिक अवस्थालाई निकै मजबुत बनाउन थालेकी छन् । कुनै दिनमा भन्ने गर्थे महिलाले कुनै काम गर्न सक्दैन भन्ने सोचलाई अत्य गर्दै सिलाईकटाई र अन्य आयमुलक कृर्षी व्यवसाय तिर आकर्षण हुन थालेकी छन् ।

बाजुराका ग्रामिण भेगका महिलाहरुलाई आयआर्जन मुलक सिप सीकाउने गरी पछिल्लो समय सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले पनि विभिन्न तालिमहरु दिईरहेका छन् । त्यस्तै मनकामना ट्रेनिङ्ग एण्ड स्किल डेभलपमेन्ट ईन्ष्टिच्यूट प्रा.लि.,युनेस्को, यूएनएफपीए, युएनओमनको संयूक्त कार्यक्रम अन्तरगत सिपमुलक सिलाईकटाई तालिम सिकेका महिलाहरु आफै सक्रिय रुपमा व्यवसायी बनेका देखिन्छन् ।

बडीमालिका नगरपालिका र मनकामना ट्रेनिङ्ग एण्ड स्किल डेभलपमेन्ट ईन्ष्टिच्यूट प्रा.लि,को समन्वयमा संचालन भएकोे तालिममा सिकेका बाजुराका महिलाहरुलाईे प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद राष्ट्रिय सीप परिक्षण पश्चात प्रमाण पत्र समेत प्रदान गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार