नागरिक रैबार/बाजुरा ८ भदौ। नेपाल पत्रकार महासंघ बाजुराका सह-सचिव तथा राष्ट्रिय दलित पत्रकार संघ सुदूरपश्चिम प्रदेश समितिका सचिव पत्रकार शेरबहादुर सार्कीलाई पत्नी शोक परेको छ ।
बुढीगंगा नगरपालिका-१० निवासी पत्रकार सार्कीकी पत्नी पुनीदेवी सार्कीको सोमबार बिहान ३५ वर्षको उमेरमा उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा असामयिक निधन भएको हो । शार्कीका चार छोरी र एक छोरा रहेका छन् ।
पत्रकार महासंघद्धारा दुख व्यक्त
पत्रकार शार्कीलाई परेको पत्नी शोक प्रति नेपाल पत्रकार महासंघ बाजुरा शाखाले सोमबार एक शोक वक्तव्य जारी गर्दै दुख व्यक्त गरेको छ । शोक वक्तव्य जारी गर्दै महासंघले पत्रकार शार्कीकी पत्नी गएको हप्ता देखि निमोनियाको विरामी भई उपचार हुन नसकि अस्पतालमा निधन भएको खवरले शोकमग्न भएको जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु