कुनै बस्तिको सिरानबाट बाढिको सफर रहेछ ।
यो सालपनी किसानको अभागी खप्पर रहेछ ।
ओछ्यान नै घाट भैदियो कस्को काँधदुखाउनु अल्पकालिन मृत्युको चिहान आफ्नै घर रहेछ ।
बर्षौपहिले छोडेर गएथ्यो,उही माटो लगेर गयो ।
भोकचलना गर्दै आएको खेतबारी त बगर रहेछ ।
स्पर्शले झुक्याउने अ्मृतको मिठास क्षेणिक हो ।
सदाकाल जिन्दगी सुखद बनाउने जहर रहेछ ।
लेक हुदै बेशी सम्म उसैको छ हालिमुहाली यो धर्तिले आकाशलाई दिएको अबसर रहेछ ।
वड मिसन बाजुरा हाल साउथ अफ्रीका
फेसबुक प्रतिक्रियाहरु