होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, अशोज २, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रदेश मन्त्रालयलाई प्रश्न : महामारीमा तलब–भत्ता खाएर मात्रै बस्ने हो ?
समाचार

प्रदेश मन्त्रालयलाई प्रश्न : महामारीमा तलब–भत्ता खाएर मात्रै बस्ने हो ?

  • नागरिक रैबार
प्रदेश मन्त्रालयलाई प्रश्न : महामारीमा तलब–भत्ता खाएर मात्रै बस्ने हो ?

८ भदौ, बुटवल । प्रदेश ५ को प्रदेशसभाको सामाजिक विकास समितिले प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले आफूहरुको निर्देशन नमानेर जनस्वास्थ्यमाथि खेलवाड गरेको भन्दै आक्रोश पोखेको छ ।

मन्त्रालयलाई गत वैशाखमा नै कोरोना संक्रमितको उपचार गर्न आइसोलेसन सेन्टर र प्रयोगशाला थप गर्न निर्देशन दिए पनि अहिलेसम्म पालना नगरेको भन्दै आक्रोश पोखेको हो

वैशाखपछि पनि समितिले कोरोना संक्रमितलाई बोक्ने एम्वुलेन्स र शवबाहनको ब्यवस्था मिलाउन र कोरोनाको नाममा भएको खर्च विवरण सार्वजनिक गर्न निर्देशन दिएकामा पालना नभएको समिति सभापति दृगनारायण पाण्डेले बताए ।

आइतबार समितिले यस विषयमा छलफल गर्न सामाजिक विकास मन्त्रालयका सचिवसहितका उच्च अधिकारीहरुलाई बोलाएको थियो । ‘मन्त्रालयका पदाधिकारी र कर्मचारी महामारीमा तलब भत्ता खाएर बस्ने मात्र हो ?, हामीले महामारी बढ्छ र अवस्था भयावह आउन सक्छ भनेर पाँच महिना अघि नै पुर्वाधार थप्न निर्देशन दिएका थियौं त यतिका दिनसम्म के हेरेर बसेको ?’ सत्तारुढ नेकपाकै सांसद रहेका सभापति दृगनारायण पाण्डेले भने ।

मन्त्रालयले चरम लापरवाही र जनताको स्वास्थ्यमाथि खेलवाड गरेको उनले बताए । समितिले आइतबार मन्त्रालयलाई ७ बुँदे निर्देशन पनि दिएको छ । कोरोनाका नाममा भएको खर्च विवरण र अन्य निर्देशनको लिखित जवाफ दिन निर्देशन दिइएको समितिका सदस्य अष्टभुजा पाठकले बताए ।

वैठकमा मन्त्रालयका सचिव र उच्च अधिकारीहरुले गल्ती स्वीकार गर्दै एक हप्ताभित्र लिखित जवाफ दिने प्रतिवद्धता जनाएका पाठकले बताए ।

समितिले बिरामीले उपचारबाट बञ्चित हुन नपर्ने गरी आइसोलेसन सेन्टर र प्रत्येक जिल्लाका अस्पतालहरुमा आईसीयू र भेन्टिलेटर व्यवस्था गर्न निर्देशन दिएको छ ।

रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा कोभिड १९ बाट संक्रमित भएका शल्यक्रिया गर्नुपर्ने बिरामीलाई सेवा दिन र प्रदेश कोभिड १९ प्रतिकार्य योजनालाई प्रदेश सरकारबाट अविलम्व स्वीकृत गराई कार्यन्वयनमा लैजान समितिले निर्देशन दिएको छ ।

यस्तै बिरामी उपचारबाट बञ्चित हुने गरेको भन्दै समितिले अस्पतालबाट हुने बेवास्ताको अनुगमन गरी सरकारी निर्णय पालना नगर्ने अस्पतालहरुलाई कारवाही गर्न पनि निर्देशन दिएको छ ।

स्वचालित पीसीआर मेशिन तत्काल खरिद गरी कोरोना परीक्षण सेवा प्रभावकारी बनाउन पनि निर्देशन दिएको पाण्डेले बताए । समितिले लुम्बिनी प्रादेशिक अस्पताल र भीम अस्पतालको सेवा प्रवाहमा वयापक जनगुनासो आएकाले आकस्मिक रुपमा अनुगमन गर्ने निर्णय समेत गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
राजनीति
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ५ दिन अगाडि