सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाह नेतृत्वको टोली व्यासको छांगरु प्रस्थान गरेको छ । व्यासको छांगरुमा सशस्त्र प्रहरीको गुल्म र थप बोर्डर आउट पोष्ट स्थापना हुने भएपछि निरीक्षण भ्रमणको लागि कानुन मन्त्री शाह नेतृत्वको टोली छांगरु प्रस्थान गरेको हो ।
टोलीले सशस्त्र प्रहरी बस्ने ठाउँ नेपाल प्रहरीको बस्ने भवन र त्यस क्षेत्रमा भइरहेको बाटो घाटो निर्माणको विषय निरीक्षण गर्ने सुरक्षा अधिकारीले जनाएका छन् । टोलीमा सुरक्षा अधिकारी पनि सहभागि छन् ।
फेसबुक प्रतिक्रियाहरु