होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन १५, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • स्थानीयले थाले ‘म बनाउँछु मेरो गाउँ’ अभियान
समाचार

स्थानीयले थाले ‘म बनाउँछु मेरो गाउँ’ अभियान

  • नागरिक रैबार
स्थानीयले थाले ‘म बनाउँछु मेरो गाउँ’ अभियान

रुकुम (पश्चिम) को आठबीसकोट नगरपालिका वडा नम्बर १० का स्थानीयले ‘म बनाउँछु मेरो गाउँ’ अभियान सुरुवात गरेका छन् । यसको सुरुवात सोही वडामा रहेको जनविकास माविबाट सुरु भएको छ । जसअनुसार जनविकास माविको शैक्षिक तथा भौतिक सुधारका लागि नगद संकलन भएको छ । स्थानीय भिमराज केसी,महानराज ओली, एकराज केसी र गोविन्द केसीको अगुवाईमा विद्यालयको समग्र अवस्था सुधार्न सहयोग समेत संकलन सुरु भएको हो ।

विद्यालयको लागि एकै दिन १५ लाख रुपैयाँ संकलन भएको छ । उक्त अभियानमा यती बिल्डर्सले ५ लाख नगद सहयोग गरेको छ । टिकाराम केसी र बमबहादुर ओलीले एक लाख नगद सहयोग गरेका छन् ।
यसैगरी महेन्द्र कुसारीले ७५, खड्कबहादुर केसी र प्रेमराज केसीले ५०–५० हजार नगद सहयोग गरेका छन्।

यसैगरी गोर्खबहादुर केसीले ४०, महानराज ओली,कल्पना डाँगी, लक्ष्मीराज केसी, लक्ष्मी खड्का ओली र ध्रुवराज केसीले ३०–३० हजार, नवराज केसीले २८ हजार ५ सय, खड्कबहादुर केसीले २७ हजार,देवबहादुर केसीले २६ हजार, एकराज केसी, धनराज ओली,विर्खे खत्री, खड्कबहादुर खत्री, शक्तिराज केसीले २५–२५ हजार नगद सहयोग गरेका छन् भने जनचेतना स्वास्थ्य आमा समूहले २० हजार ५ सहयोग गरेको छ ।

यस्तै अन्य धेरै स्थानीयले पनि अभियानका लागि नगद योगदान गरेको ‘म बनाउँछु मेरो गाउँ,’ अभियानका अभियान्ता भिमराज केसीले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ हप्ता अगाडि

भर्खरै