होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • बाजुरामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्य
Breaking News

बाजुरामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्य

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बाजुरामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्य

शेरबहादुर शार्की/बाजुरा ७ असोज। गत बैशाख, जेठ र असारमा कोरोना सङ्क्रमितको दर निकै वृद्धि हुँदै गएको बाजुरा पछिल्लो समयमा भने सङ्क्रमित हुनेको सङ्ख्या शुन्यमा झरेको छ ।

कामको खोजी तथा अध्ययनको सिलशिलामा नेपाल तथा विदेशका विभिन्न ठाउँबाट लकडाउनका समय बाजुरा प्रबेश गरेका झण्डै ४० हजार भन्दाबढीको स्वाब सङ्कलन गरेर पीसिआर विधिबाट कोरोना परीक्षण गर्दा ५७६ जना सङ्क्रमित देखिएका थिए ।

यस मध्ये दुइ जनाको कोरोनाका कारण मृत्यु भएको र ५७४ जनाले कोरोना जितेर घर फर्के पछि कोरोना सङ्क्रमितको सङ्ख्या शुन्यमा झरेको जनस्वाथ्य कार्यालय बाजुराका वरिष्ट जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताउनुभयो ।

विज्ञापन

उहाँले भन्नुभयो, भारतबाट आएर विभिन्न क्वारेन्टाइनमा बस्दै गरेकाहरुको कोरोना पोजेटिभ देखिएको र उनीहरु होम क्वारेन्टाइनमा बसेकोले समुदाय स्तरमा पनि कोरोना फैलिएको छ की भन्ने बारेमा जानकारी लिने उद्देश्यले स्वाब सङ्कलन गरेर पीसिआर विधिबाट परीक्षण गर्दा सबैको रिपोट नेगेटिभ देखिएको छ ।

जनस्वास्थ्य अधिकृत पन्तले भन्नुभयो, अहिले गाउँमा कोरोना छैन, दशैँ र तिहारमा भारतबाट बाजुरा आउनेहरुबाट कोरोना फैलिन सक्छ ।यस भन्दा पहिलामा पनि बाजुरामा कोरोना पोजेटिभ सबै भन्दा बढी भारतबाट आएका मानिसहरुमा मात्र भेटिएको पन्तले बताउनुभयो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै