होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • सांसद दीपक मनाङे पक्राउ
राजनीति

सांसद दीपक मनाङे पक्राउ

  • नागरिक रैबार
सांसद दीपक मनाङे पक्राउ

पोखरा– गण्डकी प्रदेशसभा सदस्य (सांसद) राजीव गुरुङ (दीपक मनाङे) पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले पक्राउ पूर्जी जारी गरे लगत्तै प्रहरीले प्रदेश सांसद गुरुङलाई पक्राउ गरेको हो । उनलाई प्रहरीले पोखराको लेकसाइडबाट पक्राउ गरेको हो ।

मनाङे विरुद्ध कास्की प्रहरीले अभद्र व्यवहारको कसुरमा मुद्दा प्रक्रिया अगाडि बढाएको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी राजकुमार केसीले गुरुङलाई पक्राउ गरिएको जानकारी दिए ।

अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष गुरुङले आफूमाथि कुटपिट गरेको भन्दै मनाङेविरुद्ध उजुरी दिएका थिए ।पोखरामा जारी मुख्यमन्त्री कप (फुटबल) प्रतियोगिताको उद्घाटन कार्यक्रममै मनाङले गुरुङमाथि हातपात गरेका थिए । मनाङेबाट कुटिएको गुरुङले बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका थिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार