होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • राष्ट्रिय सभा निर्वाचनको मतदान शान्तिपूर्ण वातावरणमा सम्पन्न
देश/प्रदेश

राष्ट्रिय सभा निर्वाचनको मतदान शान्तिपूर्ण वातावरणमा सम्पन्न

  • नागरिक रैबार
राष्ट्रिय सभा निर्वाचनको मतदान शान्तिपूर्ण वातावरणमा सम्पन्न

माघ ९, डोटी

राष्ट्रिय सभा सदस्यको निर्वाचन अन्तरगत सुदूरपश्चिममा विहिबार भएको मतदान शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ ।
डोटीको पद्यम पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालयमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म भएको मतदान शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको हो ।
महिला सदस्य १ जना र अन्य सदस्य १ जना गरी दुइ जना सदस्यका लागि सुदूरपश्चिमबाट सत्तारुढ दल नेकपाका २ जना र प्रमूख प्रतिपक्षी दल नेपाली काँग्रेसका २ जना उम्मेदवार छन् ।

नेकपाबाट महिला सदस्यका लागि कैलालीका शारदा भट्ट र अन्यमा अछामका तारामान स्वाँर उम्मेदवार छन् भने नेपाली काँग्रेसबाट महिलामा कैलालीका तुलसी देवकोटा र अन्यमा बैतडीका प्रताप ठगुन्ना उम्मेदवार रहेका छन् ।

विज्ञापन

निर्वाचनमा सुदूरपश्चिमको प्रदेश सभा सदस्य ५३ र यस प्रदेशका ८८ वटा स्थानीय तहका १ सय ७६ प्रमुख तथा उपप्रमुखहरु गरी २ सय २९ जना मतदाता रहेकोमा २ सय २७ मत खसेको जिल्ला निर्वाचन कार्यालय डोटीका निमित्त जिल्ला निर्वाचन अधिकारी दलबहादुर मलासीले जानकारी दिए ।

प्रदेश सभा सदस्य अछामका मना कुमारी साउँद र स्थानीय तह अन्तरगत बझाङ्को साइपाल गाउँपालिका उपाध्यक्ष कल्पना बोहरा मतदानमा सहभागि हुन नसकेको बताईएको छ ।

संविधान शुरु भएपछि पहिलो पटक सदस्यको पदावधि कायम गर्दा गोला प्रथाद्वारा एक तिहाइको दुइ वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको ६ वर्षको हुने गरी पदावधि कायम हुने संवैधानिक व्यवस्था छ ।

जस अनुसार गोला प्रथाबाट नेकपाबाट महिला कोटामा निवाचित कमलाकुमारी ओली र नेपाली कांग्रेसबाट अन्य कोटामा निवाचित बद्रीप्रसाद पाण्डेको दुई वर्षे कार्यकाल भाग परेको थियो । दुवै सदस्यको पदावधी आउँदो फागुन २० गते सकिन लागेकाले सोहि पदमा नयाँ सदस्य चयन गर्न अहिले निर्वाचन हुन लागेको हो ।

बहुमतीय प्रणालीबाट भइरहेको यस निर्वाचनमा अंक गणितका हिसाबले नेकपाका उम्मेदवारहरुको जीत सुनिश्चित रहेको छ । अहिले केहि बेरमा मतगणना शुरु गर्ने तयारी रहेको छ ।सुदूरखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार