होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, अशोज २, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • बबरमहलमा बस्ने केन्द्रीय कमिटी बैठक वैधानिक होइन : ओली समूह
राजनीति

बबरमहलमा बस्ने केन्द्रीय कमिटी बैठक वैधानिक होइन : ओली समूह

  • नागरिक रैबार
बबरमहलमा बस्ने केन्द्रीय कमिटी बैठक वैधानिक होइन : ओली समूह

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बबरमहलमा बोलाएको केन्द्रीय कमिटीको बैठकलाई अ‍ोली पक्षले बैठक नभनेर व्यक्तिगत सल्लाहका लागि भएको भेला भएको प्रतिक्रिया दिएको छ ।

नेकपा अ‍ोली पक्षका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले प्रचण्डले बोलाएको बैठक आधिकारिक नभएकाे बताए । ‘त्यो आपसी व्यक्तिगत छलफलका लागि बसेको होला, आधिकारिक होइन’ उनले भने ।

अ‍ोली पक्षको केन्द्रीय समितिको बैठक सकेपछि पत्ररकारसँग कुरा गर्दै उनले पार्टीको विधान अनुसार महासचिवले बैठक बोलाउनुपर्ने भएकाले त्यो बैठक महासचिवले बोलाएकाे नभएकाले आधिकारिक हुन नसक्ने टिप्पणी गरे ।

विज्ञापन

बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकमा पनि प्रचण्ड–नेपाल पक्षलाई बोलाएको तर उनीहरु नआएको उनले बताए । उनले भने, ‘पार्टीको अध्यक्ष र महासचिवले गर्ने निर्णय नै अधिकारीक हुन्छ ।’

पार्टी विभाजन नभएको कुरा पटक पटक दोहोराए उनले आफ्नो थैलीको मुख राम्ररी बाँधे अरुलाई दोष दिनु नपर्ने भन्दै अब पार्टी महाधिवेशनको तयारीमा लाग्ने र नयाँ नेतृत्वका साथ चुनावमा जाने प्रतिकृया दिए ।
अगामी निर्वाचनका लागि निर्वाचन आयोगले तयारी शुरु गरिसकेको बताउँदै उनले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा भंग गरेको कार्यलाई विरोध गर्नुको कुनै तुक नरहेको प्रतिकृया दिए ।

उनले भने, ‘कसैले सार्वजनिक खपतका लागि विरोध गरिरहेका छन् भने त्यो बेग्लै कुरा हो । तर प्रधानमन्त्री अ‍ोलीले ६४ प्रतिशत सांसदको बहुमत प्राप्त गरेर प्रधानमन्त्रीको हैसियतमा जे गुर्नभयो त्यो राम्रोका लागि गर्नुभयो ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
समाचार
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ५ दिन अगाडि