होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, भदौ ३१, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ‘अबको दुई महिनामा अमेरिकामा कोरोना खोप आउँछ’
समाचार

‘अबको दुई महिनामा अमेरिकामा कोरोना खोप आउँछ’

  • नागरिक रैबार
‘अबको दुई महिनामा अमेरिकामा कोरोना खोप आउँछ’

६ कात्तिक, काठमाडौं । अमेरिकामा अबको दुई महिनामा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप आउन सक्ने नेशनल हेल्थ इन्स्टिच्युटका निर्देशक डाक्टर फ्रान्सिस कोलिन्सले बताएका छन् ।

बुधबार उनले कोरोनाको खोप रोग पत्ता लागेको एक वर्षभित्रै खोप पत्ता लाग्न लागेको भन्दै यो महत्वपूर्ण हुने बताए ।

एक समारोहमा बोल्दै कोलिन्सले भने, ‘हामी खोप पाउने दिशामा अघि बढिरहेका छौँ, मलाई विश्वास छ कि अबको दुई महिनाभित्र कोरोनाविरुद्धको कम्तीमा एउटा तेस्रो चरणको क्लिनिकल परीक्षणमा सुरक्षित र प्रभावकारी भएको खोप आउनेछ ।’

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अबको केही सातामा नै कोरोनाविरुद्धको खोप आउने बताएका थिए । पछिल्लो समय विश्वभर नै कोरोनाविरुद्धको विभिन्न खोप निर्माणको काम भइरहेको छ ।

अहिले तेस्रो चरणको क्लिनिकल परीक्षणमा रहेका केही खोपको परीक्षणको नतिजा नोभेम्बरसम्मा आउने अपेक्षा गरिएको छ ।

स्रोत : सीएनएन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ४ दिन अगाडि