नागरिक रैबार/बाजुरा ६ भदौ। नेपाल पत्रकार महासंघ बाजुरालाई प्रेस युनियन बाजुराले प्रेस विज्ञप्ति मार्फत लगाएको आरोप झुटो भएको प्रेस युनियनकै सचिव प्रसान्त जोशीले बताएका छन् ।
युनियनले पत्रकार महासँघका अध्यक्ष र सचिवले महासँघका सूचना लुकाउँछन् भनेर विज्ञप्ति जारी गरेको थियो ।
शुक्रबार प्रेस युनियन बाजुराका अध्यक्ष प्रेम रौलले युनियनका कुनैपनि पदाधिकारीलाई जानकारी नगराई युनियनको लोगो र लेटरप्याडको दुरुपयोग गरि महासंघलाई विज्ञप्ति मार्फत विभिन्न आरोप लगाएको आरोप युनियनको आधिकारी धारणा नभएको जोशीले बताएका छन् ।
अध्यक्ष रौलेले विज्ञप्ती सार्वजनिक गर्दा युनियनका पदाधिकारीलाई विना जानकारी कुनै किसिमको छलफल नगरी अरुकै सल्लाहमा प्रेस विज्ञप्ति जारी गरेको प्रति युनियनको आपत्ति छ उनले भने ।
अध्यक्ष रौलेले आफ्नो ब्यक्तिगत स्वार्थका लागि विज्ञप्ति जारी गरि पत्रकार महासंघलाई युनियनले लगाएको आरोप आधिकारीक नभएको जोशीले दावि गरेका छन् । साथै सचिव जोशीले भने फरक संगठनका व्यक्तिको इसारामा युनियनलाई चलाउन खोजे त्यसको परिणाम स्वं अध्यक्षले भोग्नु पर्नेछ । त्यस्तै अध्यक्ष राैलेले फरक सँगठनका व्यक्तिको सल्लाहमा युनियनलाइ कमजोर पार्ने खेल भएको उनको आरोप छ ।
युनियनका कुनैपनि पदाधिकारीलाई जानकारी नगरी अध्यक्ष रौलेले युनियनको लोगो र लेटरप्याडको दुरुपयोग गरी प्रेस विज्ञप्ति सार्वजनिक गरेपछि नेपाल प्रेस युनियन बाजुरामा अध्यक्ष रौले र सचिव जोशी युनियन भित्रै फरक मत देखिएका छन् ।
यता नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य दयाराम पण्डितले भने युनियनले विज्ञप्ति जारी गरेको विषयमा आफुलाई समेत कुनै जानकारी नभएको बताएका छन् ।
फेसबुक प्रतिक्रियाहरु