नागरिक रैबार/ बाजुरा ७ साउन। बाजुरामा पहिलोपटक छायाकंन गरिएको हे माया तिमि कहाँ छौं कहाँ बोलको आधुनिक गीतको म्युजिक भिडियो बजारमा आउने भएको छ ।
जिल्लाको सदरमुकाम मार्तडी र विरेखोला झरनामा पहिलोपटक छायांकन गरिएको उक्त गीतको म्युजिक भिडियो अवको केही दिन भित्र बजारमा आउने भएको हो ।
प्रेम-प्रेमि वीचको कथालाई समेटेर म्युजिक भिडियो तयार पारिएको गीतका भिडियो निर्देशक राजेश पायलले बताएका छन् । गीतमा म मरेर केभो, म जस्तो हजार पाईहाल्छौ गीतका चर्चित गायक भद्र वलीको स्वर रहेको छ भने गीतको शव्द स्याम गिरीले लेखेका हुन् ।
गीतलाई तपेश जोनले छायाकंन गरेका छन् त्यस्तै गीतको सम्पादन राजेश कुमारले गरेका छन् । गीतमा राजेश पायलले निर्देशन गरेका छन् । गीतको भिडियोमा मदन सुनार, अनिशा रोकाया, मधु विक र गीतका निर्देशक समेत रहेको राजेश पायलको अभिनय देख्न सकिने छ । गीतलाई युट्युव मार्फत सार्वजनिक गरिने भएको छ ।
फेसबुक प्रतिक्रियाहरु