शर्मिला रोकाया/काेल्टी ९ जेठ। बाजुुुुुराकाेे स्वामीकार्तिक खापर गाउँपालिका घर भई हाल बैदेशिक रोजगारीमाा रहेका एक ब्यक्तिले गाउँपालिका र प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीलाई स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको छ ।
हाल विश्वभरी फैलिरहेको नोवेल कोरोना भाईरसका कारण स्वास्थ्यकर्मी उच्च जोखिमा रहेको भन्दै स्वास्थ्य केन्द्र कोल्टीमा र गाउँपालिकामा स्वास्थ्य सामाग्रि सहयोग गरेको स्वामीकार्तिक खापर गाउँपालिका वडा नं पाँच जेराका स्थानीय महेन्द्र शाहीले बताउनुभएको छ ।
शाहीले गाउँपालिकालाई १८ सेट पीपीई र प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीलाई १० सेट पीपीई सहयोग गर्नु भएको प्राथमिक स्वास्थ्यकेन्द्र कोल्टीका हेल्थ असिस्टेन्ट ओमजङ्ग शाहीले जानकारी दिनु भएको छ ।
कोरोना भाईरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै हाल दुवैमा रहनु भएका शाहीले सो सामाग्री सहयोग गर्नुभएको बताईएको छ ।
फेसबुक प्रतिक्रियाहरु