होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, मंसिर १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • जिससको समिक्षालयलाई आइसोलेसन कक्ष बनाईदै
देश/प्रदेश

जिससको समिक्षालयलाई आइसोलेसन कक्ष बनाईदै

  • नागरिक रैबार
जिससको समिक्षालयलाई आइसोलेसन कक्ष बनाईदै

नागरिक रैबार/बाजुरा ९ चैत्र। जिल्ला समन्वय समितिको बाजुराको समिक्षालयलाई तत्कालका लागि आइसोलेसन कक्षका रुपमा प्रयोग गरिने भएको छ ।

विश्वभर महामारिका रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को रोकथाम र नियन्त्रण गर्नका लागि जिल्ला अस्पतालमामा आईसोलेसन कक्ष निर्माणका लागि प्रयाप्त कोठा नभएपछि समन्वय समितिको समिक्षालयलाई प्रयोग गर्न लागिएको हो ।

विज्ञापन

जिससको समिक्षालयमा १५ देखि २० वटा सम्म आईसोलेसन कक्षहरु तयार गरिने आइसेलेसन क्वारेन्टाइन अनुगमन समन्वय उपसमितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख नरेन्द्र कुमार रोकायाले बताएका छन् ।

आईतबार बडीमालिका नगरपालिकाले बोलाएको जिल्लास्थित सरोकारवाला निकायहरुको वैठकले विश्वभर महामारिका रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को बाजुरामा नियन्त्रण र रोकथामको लागि आवश्यक आइसोलेसन क्षेत्र वा क्वारेन्टाइनको लागि तत्काललाई जिल्ला समन्वय समितिको कार्यालय परिसर भित्र रहेको समिक्षालयलाई प्रयोग गरिने निर्णय गरेको हो ।

साथै उक्त स्थानमा निर्माण हुन लागेको आइसोलेसन व्यवस्थापन र क्वारेन्टाइनका लागि आवश्यक दक्ष जनशक्ति र सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालय बाजुरालाई अनुरोध गर्ने निर्णय पनि गरिएको छ ।

क्वारेन्टाइन तथा आईसोलेसन कक्षहरुको निर्माणको प्राविधिक मेडिकल पक्षको अनुगमन बाजुरा अस्पताल र स्वास्थ्य कार्यालय बाजुराले गर्ने निर्णय गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार