होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • फेसबुकले आफ्ना कर्मचारीलाई एक हजार अमेरिकी डलर बोनस बाँड्‍दै
देश/प्रदेश

फेसबुकले आफ्ना कर्मचारीलाई एक हजार अमेरिकी डलर बोनस बाँड्‍दै

  • नागरिक रैबार
फेसबुकले आफ्ना कर्मचारीलाई एक हजार अमेरिकी डलर बोनस बाँड्‍दै

काठमाडौं । सामाजिक सञ्‍चाल प्लेटफर्म फेसबुकले कोरोना भाइरसका समयमा आफ्ना कर्मचारीलाई एक हजार डलर बोनस सहयोग गर्ने भएको छ ।

फेसबुकले कोरोना भाइरसको त्रासका कारण घरमै बसेर काम गर्न कर्मचारीलाई आग्रह गरेसँगै हरेक कर्मचारीलाई घरमै अफिस सेटअप गर्न र बालबालिकाको हेरचाहमा सहयोग पुगोस् भन्‍ने उद्देश्यले बोनस सहयोग गर्न लागेको सीएनएन बिजनेसलाई बताएको छ ।

यो समाचार पहिलो पटक फेसबुकका सीईओ मार्क जुकरवर्गलाई उदृत गर्दै दी इन्फरमेसनले लेखेको थियो । विश्वभर फेसबुकका ४५ हजार कर्मचारी छन् ।

विज्ञापन

फेसबुकका अनुसार एक हजार अमेरिकी डलर बोनस रकम कम्पनीका पूर्णकालीन कर्मचारीहरुलाई मात्र उपलब्ध गराइने बताइएको छ । कम्पनीले यसअघि घण्टाका आधारमा काम गर्ने कर्मचारीहरुलाई पनि नियमित पाउँदै आएको निरन्तर रकम उपलब्ध गराउने बताएको थियो ।

फेसबुकका सीओओ शेर्यल सान्डबर्गले ३० मुलुकमा कोरोना प्रभावित साना व्यवसायीलाई राहतस्वरुप १०० अमेरिकी डलर सहयोग उपलब्ध गराउने बताएका छन् । – सीएनएन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार