पुजिवाद र साम्राज्यवादको जालोले विश्वलाई झागिरहेको कठिन परिस्थितिमा संसारका थोेरौ मुलुकहरुले मात्र समाजवादी व्यवस्थाको परिकल्पना गरिरहेका छन् ।
ती थोरौ मुलुकहरुमध्ये नेपाल पनि एक हो । २००७ पछि थुप्रै राजनितीक उतारचढाव , त्याग , बलिदान , क्रान्ति र सङ्धर्षको उपज हामीले सामजवादि संविधान लेख्न सकेको गौरवशालि ईतिहास हाम्रा अगाडी कायम भएको छ ।
तर बिडम्वना फेरी पनि राजनीतिक स्थाईत्व , विकास र सम्बृदिले अग्रगामि छलाङ मार्नुपर्ने अवस्थामा कतै पुरानै चिन्तन र दृष्टिकोणले काम गरिराखेको त छैन हाम्रा अगाडि कयौ यक्ष प्रश्नहरु जन्माइराखेको छ ।
विकासको भोग र सम्भावनाले पक्षइराखेको हाम्रो जस्तो विकाससिल मुलुकको यो अवस्था र चिन्तन अाखिर राजनीतिक नेतृत्वले नसोचे कस्ले सोच्ने ? कृषि , जलस्रोत , पर्यटन , खनिज पदार्थ लगायत अन्य कयौ वस्तुको अधिकत् उपयोग र प्रयोग गरि रोजगारी सृजना , समृद्ध र शुसासनको यात्रामा अधि बढ्नु हाम्रा लागि अहिलेको जस्तो सहज परस्थिति कहिले पनि थिएन र हुदैन पनि ।
अझ पछिल्लो अवस्थामा द्दितिय विश्वयुद्धपछि covi-19 ले सिङ्गो विश्व र अब्बल राष्ट्रहरुलाई समेत चुनौति दिएर नयाँ परिस्थिति पैदा गरिदिएको अवस्थामा हाम्रा लागि श्रम र सृजनाका नयाँ ढोकाहरु खोलिदिएको छ ।
परनिर्भरवादि र उपभोक्तावादि चिन्तनबाट हामी मुक्त भइ हामी केही नयाँ गर्न सक्छौ भन्नेकुराको उदाहरण सरकारले प्रस्तुत गर्नुपर्ने र अामसमुदायले अंगिकार गर्नुपर्ने अाजको मुख्य कायर्भार हुनुपर्छ , तब मात्र हामी सम्बृदिको यात्रि र जिम्मेवार नागरिक हुन सक्छौ ।
विश्वमा यस्ता कयौ उदाहरणहरु मध्ये छिमेकी राष्ट्र चिनलाई समेत हेर्न सकिन्छ । अान्तरिक द्वन्द , जापानी उपनिवेस र द्दितिय विश्वयुद्धले समेत कहालिलाग्दो अवस्थामा पुगेको मुलुकलाई माअोसुतुङ्ले सन् १९४७ को क्रान्ति पछि अाफ्नै नेतृत्वमा जनतालाई कठोर परिश्रम गर्न अाब्हान गरे , सिङ्गो मुलुक , नेतृत्व र जनताको अपार परिश्रम पछि मात्र चिन अाज दुनियाँको नमुना र डाह लाग्दो मुलुक बनेको यथार्थ हाम्रा अागाडि जिबित छ ।
त्यसैले हाम्रा अग्रज नेताहरु अब यो समय “अाफ्नो बनिरहेको घरमा अागो सल्काएर खरानिको व्यापार गर्ने समय होइन” , अझै भन्ने हो भने राज्य ध्वस्त भएर वा बनाएर अाफ्नो कोटोरीको स्वार्थ मात्र पूरा गर्ने समयत हुदैहोइन ।
ईर्स्या , लोभ , डाहा , अहंकार ,अाडम्बरी वा भावनामा बगेर झस्किने र जंजिरमा फसिरहने समय त अझै हुदैहोइन । अत: समय घर्केको छैन र फेरी फर्कदैन भन्ने कुरा अंगिकार गर्दै अाफ्ना निश्चित स्वार्थि र शकुनिको भुमिका निर्वाहा गरिराखेका षड्यन्त्रकारीहरुको जालोबाट खुला अाकासमुनि निस्केर देश र जनताको लागी सोच्न , सम्पूर्ण नेतागणहरुलाई युवापुस्ताको खबरदारी हुन जरुरी छ ! यसमै सिङ्गो राष्ट्र र जनताको भलाई छ ।
फेसबुक प्रतिक्रियाहरु