होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, अशोज २, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • राष्ट्रपति र प्रधानमन्त्रीको कदम बिरुद्ध आज रिट दायर नहुने
राजनीति

राष्ट्रपति र प्रधानमन्त्रीको कदम बिरुद्ध आज रिट दायर नहुने

  • नागरिक रैबार
राष्ट्रपति र प्रधानमन्त्रीको कदम बिरुद्ध आज रिट दायर नहुने

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष गरेको सिफारिसलाई सदर गरि दिएको विषयमा सर्वोच्च अदालतमा आज रिट दायर नहुने भएको छ । रिट दायरको तयारीमा रहेका कानुनविद्हरुका अनुसार रिट दायरका लागि भोलि बिहानै अदालती प्रकृया सुरु गरिनेछ ।

अधिवक्ता राजनकुमार निरौलाका भनाइमा सामान्यत ‘टि ब्रेक’ अघि प्रकृया सुरु गरियो भने मात्र रिट दायर हुन्छ । टि ब्रेकपछि प्रकृया सुरु गरिएका रिट दायर भएका घटना सायदै छैनन् । सर्वोच्च अदालतमा १ देखि २ बजेसम्म ‘टि टाइम’ हो । राष्ट्रपति भण्डारीले साढे दुई बजेतिर मात्र प्रधानमन्त्री ओलीको सिफारिसलाई सदर गरि दिएकाले आज रिट निवेदन दिन ढिला भएको हो ।

त्यसमाथि रिट निवेदन दर्ता गर्न समय लाग्छ । रिट शाखामा पुगेर मात्र हु“दैन । रजिष्टार, मुख्य रजिष्टारले हेर्ने चलन छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीका अनुसार प्रधानमन्त्री र राष्ट्रपतिले संविधानको गम्भीर दुरुपयोग गरेर कू गरेका छन् । त्यसैले संविधान जोगाउन पनि रिट दायर गरेर अदालत गुहार्नुको विकल्प छैन । ‘रिट दायर हुन्छ म त्यसको तयारी गरिरहेको छु’, त्रिपाठी भन्छन् ‘दर्ता गर्न भोलि अदालत खुल्न बित्तिकै जान्छु ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
Breaking News
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ६ दिन अगाडि