नागरिक रैबार/बाजुरा ७ जेठ। त्रिवेणी नगरपालिकाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाजुराका सचिव भरत बुढाले नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बस्न नमानेपछि आपत्ति जनाएको छ ।
त्रिवेणी नगरपालिकाले मंगलबार नगरपालिकामा गरेको पत्रकार सम्मेलनमा नगरपालिकाका नगरप्रमुख रामसिंह रावलले नेकपा बाजुराका सचिव भरत बुढा बन्दाबन्दीको समयमा जिल्ला बाहिरबाट आउँदा नगरपालिका संग कुनै समन्वय नगरेकोे आफ्नो मनमर्जीले गाउँमा गएर बसेको आरोप लगाउनु भएको छ ।
विश्व कोरोनाबाट आक्रान्त भइरहेका बेला एक जिल्ला बाट अर्को जिल्ला जान सरकारले प्रतिवन्ध गरेको छ । तर धनगढी हुँदै बाजुरासम्म आउँदा समेत जिम्मेवारी व्यक्तिले गैर जिम्मेवारीपन देखाउनु जायज कुरा होईन् नगरप्रमुख रावलले भने ।
नगरपालिकाले कोरोना भाईरसको रोकथाम र नियन्त्रणका लागि बन्दाबन्दीको समयमा बाहिरबाट नगरपालिका भित्र प्रवेश गर्ने जो सुकैलाई अनिवार्य १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने गरेको नगरपालिकाले जनाएको छ ।
तर नेकपाका सचिव बुढा सहित उनको ५ जनाको परिवार गत वैशाख ३१ गते धनगढीबाट बाजुरा आएको र जेठ १ गते नगरपालिका भित्र प्रवेश भएको सुन्नमा आएकोले उनको परिवारलाई नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बस्नका लागि अनुरोध गर्दा नमानेको नगरप्रमुख रावलले पत्रकार सम्मेलन मार्फत आरोप लगाएका छन् ।
७३ लाख बढीन राहत वितरण
नगरपालिकाले करिव ७३ लाख बढी रकम राहत वितरणमा खर्च गरिसकेको जनाएको छ । नगरपालिकाले कोरोना भाईरस कोभिड १९ बाट प्रभावित परेका नगरपालिका भित्रका ९ वटै वडाका अतिविपन्न, गरिव, असहायहरुका लागि खाद्यन्न र जिल्ला बाहिर रहेका विद्यार्थी, मजदुर लगायतका लागि नगद रकम सहयोग गरेको छ ।
राजनीतिक पुर्वाग्राही राखियोः नेकपा सचिव बुढा
नेकपाका सचिव भरत बुढाले त्रिवेणी नगरपालिकाले राजनीतिक पुर्वाग्राही सोच राखेर आफुलाई क्वारेन्टाइनमा बस्न नमानेको आरोप लगाएको प्रति आपत्ति जनाएका छन् ।
आफु नगरपालिका प्रवेश गरेदेखि नै कसैसंग भेटघाट नगरी होम क्वारेन्टाइनमा बसीरहेको बताएका छन् । उनले एक विज्ञप्ती जारी गरेर भनेका छन् आजसम्म म र मेरो परिवार ६ दिन सम्म एकान्तबासमा बस्दा केही कुरा नउठाएको र नगरपालिकाले गलत मनसाय राखेर एकाएक आफ्नो परिवारलाई नगरापलिकाको होम क्वारेन्टाइनमा राख्ने कुरा गरेको गलत मनसाय भएको प्रति खेद व्यक्त गरेका छन् ।
फेसबुक प्रतिक्रियाहरु