होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, मंसिर ८, २०८१
जोडिनुहोस
  • होमपेज
  • साहित्य
  • दिपेश समर्पणको मनछुने कविता
साहित्य

दिपेश समर्पणको मनछुने कविता

  • नागरिक रैबार
दिपेश समर्पणको मनछुने कविता

तिमिलाइ चिसो हुन नदिन
म आफ्नै मुटु जलायर
तिमिलाइ निरन्तर ताप दिरहे
तिमी आफै भन आज म
तिम्रो नजरमा स्वार्थि मान्छे कसरी भय??

तिम्रो इज्जतमा खोट लाग्न नदिन
मैले आफ्नै घाँटी काटेर
तिम्रो त्यो घाटिमा जोडे
तिमी आफै भन आज म
तिम्रो नजरमा बेबारिसेको पदके कसरी भय??

कतै भिजीहाल्छौ कि भन्ने पिरले
त्यो अबिरल झरी मा पनि
मेरै बक्षस्थलमा ओत दिय
तिमी आफै भन आज म
तिम्रो नजरमा लाबारिसे लस्करे कसरि भय??

विज्ञापन

तिमिलाइ आबसेक तियो तर
तिमिले नमाग्दा नमाग्दै पनि
मेरा सबै चीज दिय
तिमी आफै भन आज म
तिम्रो नजरमा लोबि कन्जुस कसरी भय??

तिम्रो आब्सेकता हो या तिर्खा
तिमी आफै बस्त्र फुकालथेउ
तर म लजाउथे
तिमी आफै भन आज म
तिम्रो नजरमा देह व्यापारी कसरी भय??

तिम्रो मन दुख्ला भनेर
म आफ्नै मन मा ढुङा बानेर
पीडा चुपचाप सहेर बस्थे
तिमी आफै भन आज म
तिम्रो नजरमा असस्कारी कसरी भय??

तिमी नै देबि सोचेर
मन्दिर जानू को सट्टा
तिम्रै कानमा फुल सजाउथे
तिमी आफै भन आज म
तिम्रो नजरमा अधार्मिक कसरी भय??

तिमी जालमा नफसोस भनेर।
जाल देख्ना साथ
मुसाको झै मैले जाल काटिरहे।
तिमी आफै भन आज म।
तिम्रो नजरमा जाली कसरी भय।

तिम्रो बोली सुन्न भनेर
बोल्ने एउटा जिब्रो पनि
म आफैले तिमिलाइ दान गरे
तिमी आफै भन आज म
तिम्रो नजरमा गफाडी कसरी भय
✍️दिपेश समर्पण

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै