कैलाली । सुदूरपश्चिम प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा ७ र सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको हो ।
डडेल्धुरा प्रयोगशालामा २४ घण्टामा ७७ जनामा परीक्षण गरिँदासम्म ७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भुषालले रातोपाटीलाई जानकारी दिए ।
यसैगरी सेतीमा २४ घण्टामा ७१ जनाको जाँच गर्दा ३ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।
फेसबुक प्रतिक्रियाहरु