होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, भदौ ३०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • राष्ट्रकविको निधनबाट उपराष्ट्रपति स्तब्ध
समाचार

राष्ट्रकविको निधनबाट उपराष्ट्रपति स्तब्ध

  • नागरिक रैबार
राष्ट्रकविको निधनबाट उपराष्ट्रपति स्तब्ध

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली साहित्यका शीर्ष व्यक्तित्व राष्ट्रकवि माधवप्रसाद घिमिरेको मङ्गलबार साँझ भएको दुःखद् निधनले स्तब्ध भएको बताएका छन् । आज शोक वक्तव्य जारी गर्दै उनले राष्ट्रकविप्रति श्रद्धाञ्जलि व्यक्ति गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

राष्ट्रकवि घिमिरेलाई भौतिकरुपमा बिदा गर्नुपर्दा राष्ट्रलाई ठूलो क्षति भएको उल्लेख गर्दैै उपराष्ट्रपतिले राष्ट्रकविले राष्ट्रलाई दिनुभएको अमूल्य साहित्य सिर्जना तथा राष्ट्रका लागि पुर्याउनु भएको उच्च योगदानले भने उनी सधैँसधैँका लागि बाँचिरहनु हुने बताएका छन् ।

साहित्य सिर्जनामार्फत राष्ट्रकवि घिमिरेले राष्ट्रका लागि पुर्याएका अमूल्य योगदानको उच्च सम्मान गर्दै उपराष्ट्रपतिले शोक वक्तव्यमा भनेका छन्, “राष्ट्रकविमा भएको देशभक्ति, प्रकृति प्रेम भावलाई अङ्गाल्दै उहाँले जीउनुभएको सरल आदर्श जीवनलाई अनुशरण गर्न सक्यौँ भने राष्ट्रकवि घिमिरेप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ ।”

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ३ दिन अगाडि