होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • संयमित भई समाचार सम्प्रेषण गर्न पत्रकारलाई महासंघको आग्रह 
देश/प्रदेश

संयमित भई समाचार सम्प्रेषण गर्न पत्रकारलाई महासंघको आग्रह 

  • नागरिक रैबार
संयमित भई समाचार सम्प्रेषण गर्न पत्रकारलाई महासंघको आग्रह 

नागरिक रैबार/बाजुरा ६ चैत्र। नेपाल पत्रकार महासंघ बाजुराले कोरोना भाइरस (कोभिड–१९) को सम्मेम भई समाचार सम्प्रेषण गर्न पत्रकारहरुलाई आग्रह गरेको छ ।

विहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार महासंघ बाजुराले विश्वका विभिन्न मुलुकमा फैलिएको कोरोना भाइरस (कोभिन–१९) को उच्च जोखिममा नेपाल समेत रहेको विदितै छ । त्यसमा पनि बाजुरा जिल्लामा झन बढी जोखिम हुने सम्भावना देखिएकोले महासंघले विज्ञप्ति मार्फत जानकारी गराएको हो ।

जनतालाई सुसूचित गर्ने सम्बैधानिक दायित्व बोकेका पत्रकारहरु समाचार संकलन तथा सम्प्रेषण गर्न जिल्लाका विभिन्न क्षेत्र जस्तै बसपार्क, अस्पताल तथा स्वास्थ्य केन्द्र, विभिन्न सभा समारोह र भिडभाड भएका ठाउँको अग्रभागमा रहेर कार्य गर्नुपर्ने भएकाले पूर्वसतर्कता अनिवार्य रहेको छ । पत्रकारलाई पूर्वसतर्कता अपनाउन नेपाल पत्रकार महासंघ बाजुरा शाखा आब्हान गर्दछ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञापन

कोरोना भाइरसका बारेमा समाचार सम्प्रेषण गर्दा सत्य, तथ्य र यथार्तपरक समाचार सम्प्रेषण गरी जनतालाई सहि सूचना प्रवाह गर्न नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुरा विशेष आग्रह गरेको छ ।

साथै, पूर्वसतर्कताका लागि आवश्यक प्रबन्ध मिलाउन महासंघले जिल्ला प्रशासन कार्यालय बाजुरा, जिल्ला समन्वय समिति, नौ वटै स्थानीय सरकार, जिल्ला अस्पताल, जिल्ला स्वास्थ्य कार्यालय र नेपाल रेडक्रस सोसाइटीसंग छलफल गरी आवश्यक कार्य अघि बढाई रहेको छ ।

महासंघ जिल्लामा संचालित विभिन्न सञ्चार गृहहरलाई पनि कार्य स्थलमा खटिने पत्रकारहरुका लागि पूर्वसतर्कताको तयारी गर्न र आवश्यक सामग्रीको प्रबन्ध गर्न आग्रह समेत गरेको छ ।

यस्तो परिस्थितिमा समाचार संकलन तथा सम्प्रेषण गर्न पत्रकारले अपनाउनु पर्ने विधिका बारेमा विश्व स्वास्थ्य संगठन (who) ले तयार पारेको मापदण्ड सञ्चारगृह र पत्रकारहरुलाई उपलब्ध गराउने तयारी महासंघले गरिरहेको जानकारी गराउँदछौं ।

Image may contain: text

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार