होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, भदौ २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • बिश्व समुदाय डगमगाएको कोरोना त्रास-हामी सबै जिम्मेवार र सचेत बनौं
स्वास्थ्य-जीवनशैली

बिश्व समुदाय डगमगाएको कोरोना त्रास-हामी सबै जिम्मेवार र सचेत बनौं

  • नागरिक रैबार
बिश्व समुदाय डगमगाएको कोरोना त्रास-हामी सबै जिम्मेवार र सचेत बनौं

हाम्रो देशको भौगोलिक विकटता, मानव स्रोत साधन प्रबिधी जस्ता यावत् समस्याले समयमै सर्तकता अपनाउन सकेन भने इतिहासकै ठुलो सङ्कट , नाजुक आर्थिक स्थिति र लाखौं सर्बसाधारणको जिउज्यान,देशको समृद्ध बिकासमा असर पर्न सक्नेछ।

सन १९९० साल को भुकम्प त्यसपछि १९९६ मा नेपाल हैजाको महामारीमा गुज्रिएको ताका नेपालले ठुलो अर्थतन्त्र गुमाएको र लाखौं मान्छे प्रभावित भइ हजारौंको ज्यान गयको तथ्यांक छ । चीनको हुवाई सहरमा पहिलो पटक देखिएकाे कोरोना भाइरस ( कोभिड–१९ ) आज बिश्व समुदाय त्रसित छ।

जबकी चीनमा यो भाइरसको संक्रमण ८० हजारभन्दा बढी मानिसमा देखिइसकेको छ भने ३१०० भन्दा बढीको ज्यान गइसकेको छ ।यति मात्र होइन, दक्षिण कोरिया, जापान, इरान र इटालीजस्ता मुलुकलाई पनि यो भाइरसले आक्रान्त पारिसकेको छ । सन् २०१९ को अन्तिममा चीनमा देखिएको यो भाइरस चिनियाँ नयाँ वर्ष लुनारदेखि फैलिन थालेको हो ।

विज्ञापन

ताइवानले अहिलेसम्म भाइरस रोक्नमा पाएको सफलताको रहस्य उसले बेलैमा शुरु गरेको कदम हो । यो भाइरसको विषयमा अझै पूर्ण जानकारी आउन सकेको छैन भने यसको सर्ने दर कति छ भन्ने कुरा पनि स्पष्ट हुन सकेको छैन ।

ओरेगन स्टेट यूनिभर्सिटीमा सार्वजनिक स्वास्थ्य र मानव विज्ञान पढाइरहेका प्राध्यापक चुन्हुई चीले ताइवानले यसअघि फैलिएको सार्स भाइरसबाट राम्रो पाठ सिकेको र यसले उसलाई तयारी अवस्थामा रहन सुझाव दिएको बताए । ताइवानले सार्स भाइरसको प्रकोपपछि सेन्ट्रल कमाण्ड सेन्टर फर एपिडेमिक्स स्थापना गरेको थियो । यसले उसलाई कोरोना भाइरस रोक्ने कदम चाल्ने मामिलामा अन्य एसियाली मुलुकभन्दा अगाडि राख्यो ।

यो कमाण्ड सेन्टरले मेडिकलका निकायहरुलाई तथ्यांक संकलन, स्रोत साधनको परिचालन, सम्भावित मामिलाको अनुसन्धान र उनीहरुको सम्पर्कको इतिहासको जानकारी पाउन सजिलो भयो । यसको सहयोगमा उनीहरुले कुनै पनि बिरामीलाई छिटै नै आइसोलेट गरे ।

यसले ताइवानमा भाइरस फैलिनबाट रोक्यो । सार्स भाइरसको प्रकोपबाट सिकेको ताइवानले चीनको वुहानमा देखिएको यो भाइरस रोक्न जनवरीको शुरुदेखि नै वुहानबाट आएका यात्रुमा स्वास्थ्य परीक्षण शुरु गर्‍यो । यो काम उसले कोभिड–१९ मानिसबाट अर्को मानिसमा सर्छ भन्ने पत्ता लाग्नुभन्दा पहिला नै शुरु गरिएको थियो ।

‘सुपर अलर्ट’
नेपाल सरकारले सर्न सक्ने खतराका कारण साबधानी अपनाएता पनि अस्पतालको क्षमतामा चुकेको छ। ताइवान र सिंगापुर चीन, बेलायत, अमेरिका, इटाली जस्ता आर्थिक रुपमा समृद्ध मुलुक कोरोनाका कारण अर्थतन्त्रको गिरावट ब्यहोर्दै गर्दा नेपालले के गर्ला भन्ने कुरा सोचनिय छ।

फैलिँदै भाइरस

जापानी प्रधानमन्त्री सिन्जो आबे दक्षिण कोरियाली राष्ट्रपति मून जाइ–इनले पनि सही समयमा यो भाइरसविरुद्ध कदम चाल्न नसकेको आरोप खेप्दै आएका छन् । यो भाइरसको कारण यी दुवै मुलुकले आफ्नो महत्वपूर्ण कार्यक्रम रोकिसकेका छन् । इरान पनि यो भाइरस रोक्न निकै सुस्त देखिएको मुलुक हो । यो मुलुकमा पनि भाइरसको कारण अहिले १९४ जनाको ज्यान गइसकेको छ ।

अहिले भाइरसको प्रकोप यूरोपमा पनि फैलिँदो क्रममा छ । यूरोपको सबैभन्दा प्रभावित मुलुक इटाली हो । यो मुलुकमा अहिलेसम्म २३३ जनाको ज्यान गइसकेको छ । मुलुकमा फैलिँदो प्रकोप रोक्न यसले १ करोड ६० लाख मानिसलाई क्वारेन्टाइनमा राख्ने निर्णय पनि गरिसकेको छ ।

यसले ईयूको स्वास्थ्य अधिकारीलाई पनि चुनौती दिएको छ । ईयूमा स्वतन्त्र रुपमा हिँडडुल गर्न पाउने व्यवस्था भएकाले पनि यो भाइरस फैलिने खतरा बढेको हो । अमेरिका र ईयूले भने यो भाइरसको विषयमा निकै पछि मात्र आफ्नो कदम चाले ।

त्यसैले यूरोप र अमेरिकामा यो भाइरस अहिले उल्लेख्य मात्रामा फैलिएको छ । ताइवान र सिंगापुरले आफ्नै समुदायमा फैलिएको भाइरसलाई पनि रोक्न सफल भए तर अमेरिका र ईयूले पर्याप्त समय पाउँदा पनि यसलाई रोक्न सकेनन् । अहिले यो भाइरस यूरोप र अमेरिकाको एक समस्या बन्न पुगिसकेको छ ।

१. यो रोग आँफुमा फैलन नदिन अन्य रुघाखोकी उत्पन्न गर्ने भाइरससंग जोगिनुपर्छ। ति भाइरससंगजोगिन यस्ता उपाय अपनाउन सकिन्छ।

यस्तो भाइरस आफ्नो ठाउँ नजिकै फैलिएको छ भने हिड्दा मास्क लगाएर हिड्ने, घर बाहिरका कुरा हातले छुने वित्तिकै सफासंग साबुन पानीले हात धुने वा अल्कोहोल सेनिटाईजर प्रयोग गर्ने, भिडभाडबाट टाढै बस्ने, वालवालिका बृद्ध तथा गर्भवतीलाइ अनावश्यक घर बाहिर निस्कन नदिने, सम्भव भएसम्म बाहिर जाँदा लगाएका लुगा छुट्टै राखी वसिङ्ग मेशिनमा धुने त्यी कपडा अरुलाई छुन नदिने, राम्रो आहारा सेवन गर्ने, भाइरस अरुलाई नसरोस भनेर आफु खोक्दा मुख छोपेर मात्र खोक्ने, सम्भव भए सम्म छुट्टै कोठामा बस्ने र अरुको नजिक नजाने, खान पकाउने भाँडाकुडा आफै माझेर सुकाउने, निको नहुँदा सम्म वा उपचार विधि नसकिदासम्म छुट्टै बस्ने।

२. आँफुलाइ रुघाखोकी सुरु भएको छ र सामान्य रुघाखोकी भन्दा बढी तपाईको ज्यान गलाएको छ जस्तो महसुस हुने वित्तिकै आफुँ नजिक रहेको स्वास्थ्य चौकी वा सरकारी अस्पतालमा जाँदा फोन गरेर मात्र जाने। जाँदा अनिवार्य रुपमा मास्क लगाएर जाने। त्यसले गर्दा अरुलाई संक्रमण हुनबाट बचाउन सकिन्छ।

. प्राय संसारभरका अधिकतम् अवस्थामा मानिसबाट मानिसमा सर्ने भाइरसले हजारौं बर्षसम्म मानवले त्यस विरुद्ध लड्ने शक्ति उत्पादन गरिसकेका कारण स्वास्थ्य व्यक्तिको ज्यान लिंदैन तर, अहिले विश्वभर फैलीरहेको कोरोना भाइरस पुरानै वर्गको भाइरस रहेकाले आफ्नो “जेनेटिक कम्पोनेन्ट” परिवर्तन गरि नयाँ जात (strain) बनाएको अवस्थामा यो भाइरस (Coronavirus 2019-nCoV) को औषधि उपचार संसारभर कतै छैन मात्र यसले पार्ने असर कम गर्न सकिन्छ।

४. नेपालको हकमा यदि काठमाडौँमा यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्ति तिन चार जनामा सर्यो भने यसलाई रोकथाम गर्न नेपाल सरकारले सक्ने अवस्था छैन। यसको उदाहरण नेपाल सरकारले केहि समय पहिले डेंगु रोक्न देखाएको क्रियाशीलतालाइ आधार मान्ने हो भने यो रोग नेपालले थेग्न सक्दैन। सरकार’द्वारा भारतबाट पनि आवत जावतमा रोक लगाउने तयारी गरिएको छ।

लेखक बुढा नेपाल फार्मेसी संघ सुदुरपश्चिम प्रदेशका सचिव तथा नेपाल ट्रेड युनियन काङ्ग्रेस युबा समिति बाजुराका अध्यक्ष हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार