होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, भदौ १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • सरकारी
  • हिमाली गाँउपालिका साक्षर घोषणा गरिदै
सरकारी

हिमाली गाँउपालिका साक्षर घोषणा गरिदै

  • नागरिक रैबार
हिमाली गाँउपालिका साक्षर घोषणा गरिदै

नागरिक रैबार
बाजुरा ७  फागुन ।
बाजुराको हिमाली गाउँपालिका फागुन २५ गते साक्षर घोषणा हुने भएको छ । राष्ट्रिय अभियानलाई सफल पार्न साक्षर वर्ष २०७६ अगावै हिमाली घोषणा गर्ने गरि साक्षर अभियान नै सञ्चालन गरिने गाँउपालिकाले बताएको छ ।
साक्षर घोषणा जिल्ला समन्वय समितिसँगको छलफल कार्यक्रममा गाउँपालिकाले तथ्याकं संकलनदेखि सूचक अपुग भएका बस्तीमा तत्काल सूचक पुरा गर्ने गरि अभियान सञ्चालन गर्ने अध्यक्ष गोविन्द्र मल्लले बताएका छन् ।
साक्षर घोषणा जिल्ला समन्वय समिति संयोजक एवं जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र कुमार रोकाया, सदस्य एवं प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपाने, सदस्य सचिव जिल्ला शिक्षा विकास समन्वय इकाइ प्रमुख गोपाल दत्त जोशी, शिक्षक संघ संगठनका शिक्षक नेताहरु र गाउँपालिका भित्रका वडा अध्यक्ष, शिक्षककावीच साक्षर नगर घोषणा गर्ने बारे व्यापक छलफल गरिएको छ ।
जिल्लाका नौ स्थानीय तह मध्ये गौमुल, छेडेदह गाउँपालिका र बडीमालिका नगरपालिका यस अघि नै घोषणा भईसकेका छन् । भने त्रिवेणी नगरपालिका अन्र्तगत १ र २ साविक छतारा गाविस पनि यस अघि नै साक्षर घोषणा भईसकेको अवस्था छ ।
तथ्याकं संकलन देखि साक्षर अवस्था अध्ययन टोली बनाएर नै संकलन गर्ने र फागुन २५ गते घोषणा गरि त्यस पछि साक्षरबाट शिक्षीत बनाउने योजनामा गाउँपालिकाले बताएको छ ।
१५ देख ५९ वर्ष उमेर समूहका ९५ प्रतिशत जनसंख्याले १२ वटा सूचक मध्ये ६ वटा सूचक पुरा गरेको हुनु पर्ने प्रावधान बनाएको छ । निर्धारण गरिएका राष्ट्रभाषा वा मातृभाषा बोल्न जान्ने, वर्ण वा अक्षरको पढाई लेखाई गर्न सक्ने, मोबाईल वा क्याल्कुलेटर चलाउन सक्ने, अंक चन्ह सक्ने, वा ९ सम्मको अंक लेख्न वा पढ्न सक्ने, हिसाब राख्न सक्ने, सामुदायिक कार्यक्रममा आफ्नो विचार वा परिचय राख्न सक्न्ने सूचक मध्ये ६ वटा पुरा भए घोषणा गर्न सकिने भनिएको छ । सरकारले आर्थिक वर्ष २०७६ भित्र देशलाई नै साक्षर घोषणा गर्ने राज्यले लक्ष्य लिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार