होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ २०, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बैतडीमा १ लाख घुससहित निमित्त डिभिजन प्रमुख पक्राउ
देश/प्रदेश

बैतडीमा १ लाख घुससहित निमित्त डिभिजन प्रमुख पक्राउ

  • नागरिक रैबार
बैतडीमा १ लाख घुससहित निमित्त डिभिजन प्रमुख पक्राउ

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यलय पाटन बैतडीका निमित्त डिभिजन प्रमुख सुरेशराज भट्ट १ लाख घुससहित पक्राउ परेका छन। अख्तियार दुरूपयोग अनुसन्धान आयोग महेन्द्रनगरका प्रहरी निरीक्षक विनोद श्रेष्ठको टोलीले बुधबार बिहान ९ बजे उनलाई पक्राउ गरेको हो।

चमेलीया नदी नियन्त्रण तथा तटबन्धन आयोजनाको उपभोक्ता समितिका पदाधिकारीबाट घुस लिँदै गरेको अवस्थामा उनलाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगर कन्चनपुर कार्यालयका सुचना अधिकारी टोपबहादु विष्टले जानकारी दिए।

उनलाई आज महेन्द्रनगरमा राखिने र भोलि अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल लगिने विष्टले बताए। सुचना अधिकारी विष्ट भन्छन, ’ चमेलीया नदी नियन्त्रण तथा तटबन्धन आयोजनाको उपभोक्ता समितिसँग सुरेशप्रसाद भट्टले २ लाखमा बार्गेनिङ गरेका रहेछन्। अहिले १ लाख बुझाउँदै गर्दा उनी समातिएका हुन्।’ दिनेशखबरबाट

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै