होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २९, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • शक्तिको आडमा वडा कार्यालय सारेपछि नेकपा बुढीनन्दा ७ को आपत्ति
राजनीति

शक्तिको आडमा वडा कार्यालय सारेपछि नेकपा बुढीनन्दा ७ को आपत्ति

  • नागरिक रैबार
शक्तिको आडमा वडा कार्यालय सारेपछि नेकपा बुढीनन्दा ७ को आपत्ति

जीवन कैला। नेपाल कम्युनिष्ट पार्टी नेकपा बुढीनन्दा ७  नम्बर वडा संगठन कमिटीले आज एक प्रेश विज्ञेप्ती जारी गर्दै शक्तिको आडमा वडा कार्यालय सारीएको भन्दै घोर आपत्ति जनाएको छ ।

बुढीनन्दा नगरपालिका वडा नं सातको वडा संगठन कमिटीले वडा नं सातको वडा कार्यालय एका एक अर्को ठाउँमा सार्नु नाटकिय घटना भएको भन्दै आपत्ति जनाएको हो ।

वडा कार्यालय तोडफोड भएको घटनाको सत्य तथ्य छानविन गरी दोशिलाई कारवार्हि गर्नुको सट्टा घटनाको कारण देखाई वडा कार्यालय पहेँलसेरामा सार्नुको उद्देश्य नाटकिय घटनाको अर्को श्रृखंला हो भन्ने हाम्रो पार्टीको ठम्याई छ, वडा संगठन कमिटीका सचिव विर्ख बहादुर विष्टले हस्ताक्षर गरेको विज्ञेप्तीमा भनिएको छ ।

विज्ञापन

शक्तिको आडमा विभिन्न वाहाना वनाई वडा कार्यालय सारीएको र घटनाको यर्थातता पत्ता लगाउनुको सट्टा सोझा साझा गरीव, दलितका नावालक वालकहरुलाई प्रहरीमा प्रक्राउ गराई उनिहरुको शारीरिक तथा मानसिक यातना दिई तारीखमा छोडिएको सचिव विष्टले बताउनुभएको छ ।

घटनाको श्रृखंलाले सो वडा कार्यालय माथिको आक्रमण घटना विवादित रुपमा रहेको र वडाको केन्द्र आफु अनुकुल स्थानमा सार्ने नेपाली काग्रेसको योजना भएकोले यो षडेन्त्र मुलक पुर्व नियोचित तथा राजनितिक अविष्ट पुरा गर्ने गरी घटना भएको जनाईएको छ ।

तल्लो भेगका नागरीकलाई अन्यायमा पार्ने, असुविधा तथा दैनिक हुने प्रशासनिक कामका लागि देख दिने नियतले भएका घटनाको पर्दाफास गर्न हाम्रो पार्टी तयार रहेकोले यि घटना बाट उत्पन्न हुने जुनसुकै अप्रिय घटनाको सामाना गर्न तयार रहेको पनि जाकारी गराउदछाै वडा संगठन कमिटीका सचिव विष्टद्धारा हस्ताक्षरीत विज्ञेप्तीमा उल्लेख गरीएको छ ।

अज्ञात समुहद्धारा गत असोज २० गते वडा नं सातको वडा कार्यालय तोडफोड भएको थियो । वडा कार्यालय तोडफोड हुदा कार्यालयमा भएका विभिन्न उपकरणमा क्षेति पुगेको वडा कार्यालयले जनाएको छ ।

अहिले घटनाको छानविन नगरी वडा नं सातको वडा कार्यालय नौलाकोटबाट पहँेलसेरा सारीएको स्थानियले बताएका छन ।

यता वुढीनन्दा नगरपालिका वडा नं सातका वडाअध्यक्ष आशोक दानिले भने काम गर्न असजिलो हुदा वडा कार्यालय सारीएको बताउनुभएको छ ।

पुरोना वडा कार्यालय भाडामा वसेको घरका वसोवास गर्ने अन्य कोशि नहुदा वडा कार्यालय असुरक्षित भएको बताउदै उहाँले सुरक्षाको हिसावले पहिलेको स्थान भन्दा एक सय मिटर टाढा सारीएको बताउनुभएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • १ दिन अगाडि