होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • कोरोना भाईरस रोकथाम गर्न बाजुरामा यस्तो छ तयारी (निर्णयसहित)
देश/प्रदेश

कोरोना भाईरस रोकथाम गर्न बाजुरामा यस्तो छ तयारी (निर्णयसहित)

  • नागरिक रैबार
कोरोना भाईरस रोकथाम गर्न बाजुरामा यस्तो छ तयारी (निर्णयसहित)

नागरिक रैबार/बाजुरा ५ चैत्र। बाजुरामा कोरोना भाइरस (कोभिड (१९) को संक्रमण रोक्न र कुनैपनि स्थानमा फैलिन नदिनका लागि जिल्लाको विपद् व्यवस्थापन समिति बाजुराले विभिन्न ९ निर्णय गरेको छ ।

बुधबार जिल्लाको सदरमुकाम मार्तडीमा बसेको विपद् व्यवस्थापन समितिकोे वैठकले जिल्लाका विभिन्न ठाउँमा कोरोना भाईरसको रोकथाम र यसबाट बच्नका लाथि ४ वटा हेल्थ डेस्क स्थापना गर्ने भएको छ ।

साथै बुधबार बसेको उक्त वैठकले जिल्लाका ९ वटै स्थानीय तहहरुलाई कोरोना भाईरस (कोभिड १९ को संक्रमणबाट बच्न र बचाउन जिल्ला विपद् व्यवस्थापन समितिले आवश्यक तयारी गर्न आग्रह समेत गरेको हो ।

विज्ञापन

विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्यौपानेको अध्यक्षतामा बुधबार वसेको विपद् व्यवस्थापन समितिको वैठकले बाजुरामा कोरोना भाईरस रोकथाम गर्नका लागि यस्ता निर्णयहरु गरेको छ ।

हेर्नुहोस निर्णयहरुः
.अरु रोग लाग्न नदिन यसका विरुद्ध लड्ने सचेतनाका कार्यक्रम जिल्लास्थित स्थानिय तह लगाएत सबै कार्यदलले गर्ने प्रचार प्रसारलाई तिव्रता दिने ।
.जिल्ला अस्पतालमा शीघ्र आइसोलेसन वार्ड स्थापना गर्ने
.स्थानीय व्यक्तिमा कोरोना संक्रमणको आशंका भएमा स्वयं आफ्नै आफ्नै आफ्नै बास स्थानमा क्वारेन्टाइन रुपमा रहने सल्लाह दिने र अन्यतका व्यक्तिमा संका       भएमा त्यस्ता व्यक्तिका लागि छुट्टै क्वारेन्टाइन को ब्यबस्था शीघ्र स्वास्थ्य कार्यालय बाजुराले गर्ने र यस कार्यमा सबै सरकारी कार्यालयले सहयोग गर्ने
.विरुद्ध लड्न हाललाई हाललाई देहायबमोजिम स्थानमा स्वास्थ्य कार्यालय कार्यालय बाजुराले हेल्थ डेस्क राखी सम्बन्धित स्थानीय सित रहने गरी स्वास्थ्य                परीक्षण गर्ने व्यवस्था मिलाउने
कोल्टी विमानस्थल बुढीगंगा नगरपालिकाको साँढे मार्तडी सडकको बजार डाव बजार जगन्नाथ गाउँपालिका को जुड्डी
. स्वास्थ्यकर्मीलाई अति जरुरी काम बाहेक अन्य कुनैपनि विदामा नपठाउने
६. स्वास्थ्य कार्यालय बाजुराले जिल्ला अस्पताल र स्थानीय तहसँग समन्वय गरी त्रचतरचचत गठन गर्ने र आवश्यक परेको बेलामा परिचालन गर्ने
. जिल्ला भरीको लागि स्वास्थ्य कार्यालय बाजुराले र आ(आफ्नो स्थानीय तहको लागि प्रत्येक नपा र गापाल कोरोना प्रतिकार्य योजना बनाउने
. दैनिकरुपमा बारेको प्रतिवेदन सबै स्थानीय तह स्वास्थ्य कार्यालय जिल्ला अस्पतालले विभिन्न विपद् व्यवस्थापन समितिलाई दिने र नियमित फोन वा मेल             सम्पर्कमा रहने
बाहेक अन्य विभिन्न प्राकृतिक विपद्को समेत प्रतिकार्य योजना प्रत्येक स्थानीय तहले तयार गरी चैत्र मसान्तभित्र जिल्ला विपद् व्यवस्थापन समितिमा पठाउने, प्रतिकार्य योजना बनाउने सिप ज्ञानको लागि आबश्यक परिक्षण तालिमको व्यवस्था यस क्षेत्रमा संकलन गैर सरकारी संस्था पिसवीन नेपाल रेडक्रस सोसाइटी गिफ्ट नेपाल महिला विकास मंच एचआरसी आइएनफ मिसबाजुरा सहास नेपाललाई बुझाउने ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार