बाजुरा जिल्लाको दुर्गम पहाडी तथा विकट पिछडिएको हिमाली गाउँपालिका वडा न, ६ धिम गाउँमा दलित परिवारका बुबा रंग शार्की र आमा औकला शार्कीको कोखबाट जन्मेको म उमेरले ३३ वर्षको भए ।
म सोही गाउँको श्री वडीमालिका मा.बि धिममा अध्ययनरत रहँदा र त्यो गाऊँठाऊँमा बस्दा त्यहाँका हरेक खालका समस्या घुणा, लाजमर्दा र अपमान जन्य शब्द तथा व्यवहारबाट मुटुभरि हजारौैँ चोट भए पनि समाजको सामु सबैको अगाडि हाँसेर बाँची कयौँ दुख र व्यथालाई छाती भित्र लुकाएर जीवनयापन गर्न टुलुटुलु हेरेर बस्न नसकी मैले मेरो गाऊँठाऊँमा र हाम्रो नेपाली समाजमा घटिरहेका यर्थाथ कुरालाई समेटेर यो विचारव्लक लेख्न गएको छु ।
हाम्रो नेपाली समाजमा बसेर अरुलाई हेर्ने तरिका र त्यहि समाजका मानिसले मेरो अन्तरजातीय विवाहलाई हेर्ने दृष्टिकोण फरक थियो । ठुला जाति भनाउँदाहरुको म माथि हेर्ने तरिका दृष्टिकोण फरक रहेको पाईन्छ ।
पुरानो संस्कार रुढीबादी परम्परा हाल सम्मपनि हटन सकेको छैन । आजको नयाँ युगमा आएरपनि छुवाछुत र जातीय विभेद नेपाली समाजमा गाऊँठाऊँमा जस्ताको त्यस्तै छ । ठुलाबढा भनाउँदाहरुले दलित समुदाय माथि हेर्ने तरिका आजपनि उस्तै छ । आज २१ औ सताब्दीमा आई पुग्दापनि पुरानो रुढीबादी कुराको पछि लागेर नयाँ कुरा बिर्सिदिनु आफै पनि नराम्रो दुखदायी कुरा हो ।
हाम्रो नेपाली समाजमा रहेका जातीय भेदभाब र छुवाछूतका पर्खाललाई भत्काउन सकेका छैन् । आजपनि पुरानो संस्कारको आगोको ज्वालाले पिरोली रहेको छ । देशमा जातीय विभेद तथा छुवाछूत अन्त्य गर्नका लागि धेरै ऐन कानुन बनेका छन् । तर ऐन कानुन कार्यान्वयन हुन नसके र कागजका पानामा मात्र सिमित छ ।
नेपालमा जातीय छुवाछूत मुक्त राष्ट्र घोषणा हुँदापनि जुन ब्याक्तिले समाजमा आर्दशबादी भाषण गरेर ऐन कानुन बनाएर भाषण गर्दछन । त्यहि ब्यक्तिले नै ठाडै ऐन ,कानुन र नियमको उल्लेघन गरेको पाईन्छ । नेपालमा लोकतन्त्रले सबै नेपालीलाई स्वतन्त्र ढंगले जिउन र बोल्ने अधिकार दिईएपनि सबै दलित समुदायका मानिसहरुले आफ्नो हक ,अधिकार सदुपयोग गर्न पाएका छैनैन् ।
भिबिन्न अधिकारबाट बञ्चितमा पारिएका समाजका केहि ब्यक्तिहरबाट घुणा र तिरस्कारबाट पिल्सिएको जीवनबाट उन्मुक्ति पाउन समाजको गर्खे चिन्तनलाई प्रष्टगर्नु र सामाजिक कुप्रर्थालाई दुरुत्साहन गरेर नेपाली समाजमा आफ्नो थर र नामको भरमा ठुला हुँ भन्ने आफुलाई आफै ठुला ठान्ने दलित समुदायका मानिसलाई मान्छे नठान्नेहरु संगको मेरो न्यायिक सम्बन्धको जातिपाति मान्नेहरुसंगको हमला थियो ।
सानो भनौ वा ठुलो भनौ नेपाली समाजमा भोग्नु परेका समाजिक पीडा,र दुखहरु आज म केही बर्ष पछि सबै सामु प्रस्तुत गर्न बाध्य भएको छु । मेरोे अन्तरजाती विवाहबाट समाजमा उच्च दर्जाका भनेर थर पहिचान गर्नेहरु मेरो विवाहप्रति खुशी थिएन्न् । मैले अन्तरजातीय विवाह गरिसकेपछि हाम्रो समाजमा हाम्रो पक्षमा कुरा गर्ने मानिस धेरै कम भेटिन्छन् ।
समाजका ठुला भनाउँदाहरुले मेला पाटीपौवा, धाराकुवा, मठ, मन्दिर दलितले जानुहुदैन भन्ने कुप्रर्थाको मैले सानो उमेरदेखिनै बिरोध गरिरहन्थे । समाजमा अरुलाई सानू आफु ठुलो जातिको मानिसको सोचाई राख्नेहरुले जहिले पनि हेप्पने थुक्ने जस्ता अमानवीय शैलीबाट आक्रान्त व्यक्तिसंगको मेरो तुक थियो ।
मैले समाजमा सकारात्मक काम गर्न खोज्दा पनि म दलित समुदायको भएकाले होला राम्रो सभ्य कामलाई पनि ठिक नमान्नुहरु मलाई होचो, निचोको रुपमा बर्गिकरण गर्नु यो समाजको दुर्भाग्य हो । आज पनि मेरो विवाहको टीका टिप्पणी भई राख्दा समाजमा कुचिष्ठा बोकेकाहरुलाई निमिट्यान्न पार्न ऐन कानुन बनेतापनि नेपाली समाजमा दलित ससमुदाय भित्रको अन्याय अत्यचारीको अन्त्य हुनसकेको छैन् । दलितहरुलाई राज्यले पनि अपमान गर्न खोजिएको छ । यो सरासर गलत हो । संविधानको वर्खीलाप हो ।
फेसबुक प्रतिक्रियाहरु