होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, साउन १०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • शहर बजारमा निकै ठुलो ‘क्राइसिस’ देख्छु : प्रचण्ड
समाचार

शहर बजारमा निकै ठुलो ‘क्राइसिस’ देख्छु : प्रचण्ड

  • नागरिक रैबार
शहर बजारमा निकै ठुलो ‘क्राइसिस’ देख्छु : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शहर बजारमा ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्नेहरु कोभिड–१९ (कोरोनाभाइरस) का कारण निकै ठूलो संकटमा परेकाले सरकारले उनीहरुका लागि ‘विशेष राहत’ प्याकेज घोषणा गर्नुपर्ने बताएका छन् ।

अध्यक्ष प्रचण्डले यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत कुरा गरिरहेको र छिट्टै निष्कर्षमा पुग्ने बताएका छन् ।
खुमलटारस्थित आफ्नै निवासमा  अन्तरवार्ताका क्रममा प्रचण्डले कोरोना महामारीका कारण देशका मुख्य शहरहरुमा दैनिक ज्याला मजुदुरी गरेर जीवन  जिउनेहरु सबैभन्दा मर्कामा परेको आफूले पाएको भन्दै उनीहरुका लागि सरकारले केही न केही व्यवस्था गर्नुपर्ने बताएका हुन् ।

‘कोरोनाका सन्दर्भमा सरकारसँग कुरा गरिराखेको छु । अझै गर्छु पनि । खासगरी शहर बजारमा मजदुरी गरेर जिविका गर्नेहरुलाई निकै ठुलो संकट छ’, प्रचण्डको भनाइ छ । उनले स्थायी नोकरी गर्नेहरुलाई खासै ठूलो समस्या नभएपनि ज्यालामजदुरी गरेरै बाँचेकाहरुलाई प्याकेजमा राहत उपलव्ध गराएर राहत प्रदान गर्नुपर्ने बताए । ‘ज्यालादारी गरेर जीवन निर्वाह गर्ने मजदुरहरुलाई प्याकेजमा राहत त दिनैपर्छ,’ प्रचण्डको भनाइ छ ।

‘अब झन दशैं तिहार पनि आउँदैछ, यस्तो बेलामा गरिब र  सबभन्दा तलका जनतालाई केही राहत दिनैपर्छ । त्यस्ता जनता धेरैपनि छैनन्, केही लाख होलान् । उनीहरुलाई यो बेला सरकारले प्रत्यक्ष राहतको व्यवस्था गर्नैपर्छ भन्ने लाग्छ’, पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डको भनाइ छ ।

उनले खुलामञ्चमा केहीकोही दाताले भात खुवाएजस्तो मात्र गरेर राज्यको दायित्त्व पूरा नहुने पनि बताए । ‘अहिले र दुई तीन महिनापछिको दशैँ तिहारसम्मको सिनारियो हेर्दा मुख्यतः शहरबजारमा निक्कै ठुूो क्राइसिस भएको देख्छु । त्यसैले देशभरका शहरहरुमा मजदुरी गरेर बाँच्नेहरुलाई जताबाट व्यवस्था गरेर भएपनि राहत त दिनैपर्छ भन्ने मलाइ लाग्छ’, प्रचण्डको जोड छ ।

कोरोनाका कारण सरकारले गत चैत ११ गतेबाट लकडाउन, निषेधाज्ञाजस्ता विधि अपनाएको थियो । जसका कारण दैनिक मजदुरी गरेर जिविको पार्जन गर्नेहरुको रोजीरोटी गुमेको थियो । यद्यपी अहिले धेरै व्यवसाय सञ्चालनमा आइसकेपनि तत्काल मजदुर वर्गले गुमेको रोजगारी पाउने अवस्था कमैमात्रमा रहेको छ ।  अध्यक्ष प्रचण्डसँगको विस्तृत अन्तरवार्ता शुक्रबार प्रकाशित हुनेछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
देश/प्रदेश
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ५ दिन अगाडि

भर्खरै