होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, मंसिर १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेकपा बैठक : के अध्यादेश फिर्ता हुन्छ ?
समाचार

नेकपा बैठक : के अध्यादेश फिर्ता हुन्छ ?

  • नागरिक रैबार
नेकपा बैठक : के अध्यादेश फिर्ता हुन्छ ?

१ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज दिउँसो प्रधानमन्त्र निवास बालुवाटारमा बस्दैछ ।

दिउँसो १ बजे बस्ने बैठकमा पार्टी विवादबारे छलफल गर्ने तयारी छ । गएको मंसिर २१ मा बैठक सुरु गर्दै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उद्घाटन मन्तव्य र अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको दुई पन्ने पत्र पढेर सुनाएपछि एक साता स्थगित भएको थियो ।

 

विज्ञापन

कोरोना संक्रमणबाट पार्टी केन्द्रीय सदस्य कमानसिं लामाको मंसिर २५ मा निधन भएकाले २८ को बैठक शोक प्रस्ताव पारित गरेर सकियो । तीन दिन स्थगित गरेर आजका लागि बोलाइएको बैठकमा भने पार्टी विवादबारे स्थायी कमिटी सदस्यहरुले धारणा राख्ने योजना छ ।

तर पार्टीमा विवाद चलिरहेका बेला सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि नयाँ विवाद थपिएको छ । कार्यकारी अध्यक्ष प्रचण्डसहित सचिवालयका बहुमत सदस्यले अध्यादेश फिर्ता लिनुपर्ने मत राखेका छन् ।

प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरुले स्थायी कमिटीमा अध्यादेश फिर्ताकको माग उठाउने सम्भावना बढी छ ।

एक स्थायी कमिटी सदस्यका अनुसार, अध्यादेश फिर्ता लिन सरकारलाई निर्देशन दिने निर्णय समेत गर्ने सम्भावना छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुले यसबारे प्रष्ट धारणा राखेका छैनन् । ओली पक्षका स्थायी कमिटी सदस्यहरुमध्ये ईश्वर पोखरेलले अध्यादेशको समर्थन गरेका छन् । उनी बाहेकका नेताहरुले अध्यादेशबारे बोल्न चाहेका छैनन् ।

सरकारले वैशाख ८ मा पनि संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएका थिए । त्यसबेला दल विभाजन सम्बन्धी अध्यादेशसँगै नेकपामा विवाद सुरु भएको थियो र तीन दिनमै अध्यादेश फिर्ता भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार