नागरिक रैबार/बाजुरा ३० असोज। बाजुरा जिल्लामा पनि ४० औं विश्व खाद्य दिवस मनाईएको छ । हाम्रो पहल दिगो कृषि पोषिलो आहार भन्ने मुल नाराका साथ उक्त दिवस मनाइएको हो ।
कृषि ज्ञान केन्द्र बाजुराको आयोजना तथा विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयको समन्वयमा उक्त दिवस मनाईएको हो । दिवसको अवसरमा सदरमुकाम मार्तडीमा सरोकारवाला निकायहरुले कृषि तथा खाद्य अधिकारका क्षेत्रमा गरेको कामको बारेमा अन्तरक्रिया तथा आगामी वर्षका लागि बाजुराको कृषि र खाद्य अधिकारका क्षेत्रमा गरिने प्रयास बारे जानकारी गराईएको थियो ।
दिवसको अवसरमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै जिल्ला खाद्य अधिकार संजाल बाजुराका संयोजक मदन जैशीले उपभोक्ताको खाद्य अधिकार र खाद्य सुरक्षा जस्तो राष्ट्रिय हित र राष्ट्रिय सुरक्षा विषयमा सरकारको विशेष ध्यान र निगरानी रहनुका साथै आमजनता पनि चनाखो तथा सतर्क रहनु आजको आवश्यकता रहेको बताएका थिए ।
सन् १९४५ मा स्थापित संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको ध्येय पनि विश्वमा विद्यमान भोकमरी निर्मूल पार्ने र खाद्य सुरक्षामा ध्यान दिँदै पर्याप्त स्वस्थकर कृषि उत्पादनबाट मानिसलाई आवश्यक पोषण तत्व उपलब्ध गराउनु पर्ने भए पनि जिल्लाका स्थानीय तहहरुले खाद्य अधिकारका क्षेत्रमा आवश्यक लगानी नगरेको संयोजक जैशीले बताए ।
खाद्य सुरक्षास्तर तथा निगरानी प्रणालीलाई सञ्चालन गरी खाद्य सुरक्षा सुनिश्चितता तथा आमनागरिकको स्वस्थ जीवनलाई अझै सुदृढ बनाउन कामहरुलाइ अगाडी बढाएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएका छ कृषि उत्पादनमा जोड दिइ खाद्य सुरक्षाको जोखिम हटाउन कृषि ज्ञान केन्द्र बाजुराको अबधारण रहेको कृषि ज्ञान केन्द्र बाजुराका निमित्त प्रमुख गोविन्द सिजापतीले बताएका छन ।
कृषि ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख गोबिन्द्र सिजापतीको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति उप प्रमुख सुनिता मिजार रहेकी थिइन । ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी मिन प्रसाद जोशीले संचालन गरेको कार्यक्रम बिशिष्ठ अतिथि बडीमालिका नगरपालिकाकी उप प्रमुख कबिता बिष्ट, बडीमालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्याय बडीमालिका नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रंगमल बिक लगायतको उपस्थिति रहेको थियो । सोही कार्यक्रममा दुइ जना एकल महिलालाई खाद्यन्न समेत सहयोग गरिएको थियो । कार्यक्रममा जिल्ला स्थित सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख प्रतिनिधि पत्रकारहरुको समेत सहभागीता रहेको थियो ।
फेसबुक प्रतिक्रियाहरु